त्रिभुवन विमानस्थलको भन्सार जाँचपासका कर्मचारीलाई निलम्बन गर्ने तयारी, छानबिन समिति बनाइँदै
अहिले सम्म ६ जना पक्राउ अरु को को पक्राउ पर्दैछन ? ट्याक्सीमा राखेर लगिदै गर्दा राजस्व अनुसन्धानको टोलीबाट सिनामंगलमा बरामद ८० देखि १०० किलो सुन यो हेर्नुहोस आजको भिडियो सामग्रीमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन गर्ने भएको छ।
विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
छानबिन गर्न विभागले समिति बनाउने तयारी गरिरहेको उनले बताए।
‘अहिले हामी छलफलमा छौं। क-कसलाई निलम्बन गर्ने भनेर हेर्दैछौं,’ उनले भने, ‘छानबिनका लागि जाँचपासमा संलग्नलाई निलम्बन गर्ने र अरू थप व्यक्तिहरू खुले उनीहरूलाई पनि गर्ने हो।’
राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।
क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा हङकङबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो।
विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।
करिब एक क्विन्टल सुन पक्राउ प्रकरणमा को को संलग्न छन् भन्ने अहिलेसम्म खुलेको छैन । पक्राउ परेका चार जनाको बयानले सुन तस्करीको मुल नाइकेसम्म पुग्न सजिलो हुन सक्छ । सुरक्षा स्रोतका अनुसार बयानमा अहिलेसम्म प्रस्ट नामहरू आइसकेका छैनन्, यद्यपि सुन तस्करीमा व्यापारी दीपक मल्होत्राको समूह सक्रिय रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानले मल्होत्राको समूह सक्रिय रहेको बताइए पनि त्यसको खास विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार २०७४ मा ८८ किलो सुनको प्रकरणमा संलग्न समूह नै हुनसक्ने देखिएको छ । केही मारवाडी व्यापारीहरू पनि संलग्न देखिएको स्रोतको दाबी छ ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट जाँचपासपछि मंगलबार नै २ बजे ट्याक्सीमा बाहिर निकालिएको थियो । त्यसको एक घण्टापछि सिनामंगलबाट सुन बरामद भएको हो । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरी विभागले अप्रेसन चलाएको हो । करिब सय केजी सुन रहेको अनुमान छ ।
बरामद गरिएको सय किलो सुन १ सय ६० टुक्रामा पाइएको छ । क्याथे प्यासिफिकको विमानबाट आएको थियो । विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२ च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ ।
अहिलेसम्म रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ । उनीहरूले बयानमा के भनेका छन् भन्ने अहिलेसम्म खुलेको छैन तर उनीहरूको बयानले तस्करीमा संलग्नहरूको पोल खुल्ने संकेत पनि पाइएको बताइएको छ ।