काठमाडौं । आज २०८१ साल माघ १८ गते शुक्रबारको राशिफल ।
मेष
कार्यक्षेत्रमा आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित गर्न सकिनेछ। पायक स्थानमा भ्रमण हुनेछ। स्वास्थ्यमा अनिन्द्राको शिकायत रहन सक्छ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरुको सल्लाह लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
अनुभवको कमीले नयाँ प्रोजेक्टहरू हातबाट गुमाउनुपर्ने सम्भावना रहेको छ। पारिवारिक आवश्यकता पूरा गर्नको लागि धन खर्चका योग छन्। धेरै लाभको चाहमा कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूलाई लाभ मिल्नेछ। पुरानो कुरालाई लिएर घरमा वादविवाद हुन सक्ला सावधान रहनुहोस्। प्रतिष्ठित कार्य गर्ने मौका मिल्नेछ। गृहकार्यमा जीवनसाथीको साथ र सहयोग मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
तुला
धार्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
धनु
कार्यक्षेत्रमा सोचविचार गरेर लगानी लगाउनुहोला। धैर्य र पराक्रममा वृद्धि हुनाले् कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनाले मन प्रफुल्लित रहनेछ। आम्दानी बढाउनको लागि दैनिकी काममा परिवर्तन आउन सक्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।
कुम्भ
साहित्य वा कलाको क्षेत्रमा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा साहसिक कार्यहरूमा रुचि बढ्नेछ। स्वास्थ्यलाई लिएर ध्यान राख्नुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोस्। नयाँ कार्यमा हात हाल्न केही समय पर्खिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
बृष
कानुनी मामिलाहरूमा बाधा आउन सक्छ। व्यापार गर्दा लेनदेनमा पारदर्शिता राख्नुहोस् नभए विवाद उत्पन्न हुनसक्ला। धर्मकर्ममा रुचि बढ्नेछ। पिताद्वारा उपहार मिल्न सक्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट
राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा लिएको जिम्मेवारीलाई लगनशीलताको साथ निभाउने प्रयास गर्नुहोला। धार्मिक यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
विद्यार्थी वर्गहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। व्यापार व्यवसायमा सोचेजस्तो सफलता नमिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० कार्यक्षेत्रमा समस्याहरूलाई धैर्य पूर्वक सुल्झाउने प्रयास गर्नुहोला। इष्टमित्रहरूबाट व्यापार व्यवसायमा सहयोग नमिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।।
मकर
आफ्नो योजनाहरू कसैलाई नभन्नुहोला। आकस्मिक नयाँ कार्य आउनाले हुँदै गरेको कार्यमा बाधा आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन नलाग्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन
नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा अघि गरिरहेको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्नेछन् मान्छे चिन्ने प्रयास गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।