काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन्।
शाही विशेष रूपमा कास्की पुगेका थिए, जहाँ उनले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई भेटघाट गरे।