काठमाडौँ । पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगीबारे पनि अनुसन्धान हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उनीमाथि अनुसन्धानको दायरा बढेको हो ।
जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएसँगै सुप्रिम सहकारी ठगीमा उनीमाथि अनुसन्धान हुने भएको हो ।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया प्रा.लि. लगेर अपचलन भएको सहकारीबारे संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
गत आइतबार पाएको ६ दिनको म्याद सकिएपछि प्रहरीले आज थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएको छ ।