३० भदौ, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला
१ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन अहिलेसम्मकै उच्च हो । त्यस्तै आज चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।