२९ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ।
बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।