स्मार्ट फोनको सबैभन्दा ठूलो समस्या भनेको ब्याट्री चार्जिङ हो । कहिलेकाहीँ गुणस्तरीय फोनसमेत ब्याट्री कै कारण प्रयोगहिन बन्न पुग्छ ।
तपाईलाई अचम्म लाग्न सक्छ कि तपाईको केहि मोबाइल चार्ज गर्ने बानीले तपाईको फोन र ब्याट्री दुबैलाई नोक्सान गरिरहेको छ ।
आज हामी तपाईलाई केही टिप्स बताउँदै छौं, जसको पालना गरेर तपाईले ब्याट्री र फोन दुबै लामो समयसम्म प्रयोग गर्न सक्नुहुन्छ ।
– आफ्नो मोबाइल कहिेपनि अधिकतम चार्ज नगर्नुहोस्, अर्थात् ८०–९० प्रतिशतसम्म मात्र चार्ज गर्नुहोस् ।
– सधैँ आफ्नो फोनसँग मिल्दो ओर्जिनल चार्जर प्रयोग गर्नुहोस् । बजारबाट जथाभावी कुनै पनि चार्जर किनेर प्रयोग गर्नु खतरनाक हुन सक्छ ।
– फास्ट चार्जिङले ब्याट्री लाईफलाई नष्ट गर्छ । तपाईले २० वाटसम्मको चार्जर प्रयोग गर्न सक्नुहुन्छ ।
– मोबाइललाई तातो ठाउँमा वा प्रत्यक्ष घाममा नराख्नुहोस्, किनकि अत्यधिक गर्मीले ब्याट्री फुल्न सक्छ र बिग्रन पनि सक्छ ।