खाना पकाउँदा चामल पखालेको पानीलाई हामी चौलानी पानी भन्छौ । जुन प्रायजसोले फाल्ने गर्नुहुन्छ । तर चामल पखालेको पानी चौलानीका पनि धेरै उपयोगिताहरू छन् ।
यसले स्वास्थ्यमा धेरै फाइदा गर्दछ । चामल धोएको पानीमा भरपुर मात्रामा कार्बोहाइड्रेट र अमिनो एसिड पाइन्छ । जसले शरीरलाई शक्ति दिन्छ । यो एक प्राकृतिक सौन्दर्य उपचार हो, जसले छालालाई पोषण प्रदान गर्दछ ।
चामलको पानीमा धेरै आवश्यक पोषक तत्त्व र एन्टिअक्सिडेन्टहरू हुन्छ । यस्तै चौलानी पानीका अन्य विविध फाइदाहरू रहेका छन् जुन विषयमा आज हामी तपाईँलाई जानकारी गराउँछौ ।
– चामल धोएको पानीले मुख धुँदा अनुहारमा आएको डन्डिफोर, दाग तथा धब्बा हट्छ ।
– राती सुत्नु अघि चौलानी आँखा आसपास लगाउँदा केही दिनमै आँखाको चमक बढ्छ ।
– बान्ता हुने समस्याको समाधान हुन्छ ।
–चामलको पानीमा आवश्यक खनिज र भिटामिनहरू हुन्छ, जसले छालालाई पोषण दिन्छ र स्वस्थ बनाउँछ । यसले छालालाई हाइड्रेटेड र चम्किलो बनाउँछ ।
–चामलको पानीमा प्राकृतिक नरम बनाउने गुणहरू हुन्छ, जसले छालालाई मुलायम र कोमल बनाउँछ । यसले छालालाई सुक्खापन र चिलाउनबाट बचाउँछ ।
–चामलको पानीमा एन्टिअक्सिडेन्टहरू हुन्छ, जसले छालालाई कसिलो र जवान देखिन मद्दत गर्छ । यसले छालालाई चाउरी र फाइन लाइन्सबाट बचाउँछ ।
–चामलको पानीलाई टोनरको रूपमा प्रयोग गर्नुहोस् । यसलाई कपासमा लगाउनुहोस् र अनुहारमा हल्का हातले लगाउनुहोस् । केही मिनेटसम्म राख्नुहोस् र त्यसपछि चिसो पानीले धुनुहोस् ।
–चौलानी पानीले छालाको सौन्दर्यसँगै अपच हुने समस्या,पेट पोल्ने समस्यामा पनि राहत दिलाउँछ ।