काठमाडौँ । यो बर्ष महिलाहरुको महान पर्व हरितालिका तिज भदौ २१ गते मनाइदैछ । तीजमा चेलिबेटी माइती जाने, पारिवारिक जमघट गरी वर्ष दिनका सुखदुःख साटासाट गर्ने गर्छन् ।
यस दिन विवाहित तथा अविवाहित महिलाहरु व्रत बस्ने गर्छन् । हिन्दु धर्ममा यो व्रतको ठूलो महत्व छ । भाद्रपद शुक्ल पक्षको तेस्रो दिन हरितालिका तीजको व्रत मनाइन्छ । यस दिन भगवान शिव र माता पार्वतीको पूजा गरिन्छ।
यस पर्वमा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् भने अविवाहित युवतीले पनि आफ्नो मन परेको वर प्राप्त गर्न यो व्रत बस्ने गर्दछन् ।
यस दिन महिलाहरूले व्रत बसी यस पर्वको कथा सुनेर निर्जला व्रत बस्ने गर्दछन् । यस दिन पूजाको समयमा देवी पार्वतीलाई श्रृंगार गरि उनको मूर्तिलाई सजाउने गरिन्छ।
यस दिन भगवान शिव र माता पार्वतीको मन्त्र जप गर्नु धेरै शुभ मानिन्छ। यस दिन ‘ओम नमः शिवाय’, ‘ओम पार्वती नमः’ आदि मन्त्रको जप गर्नुहोस्।
यस दिन कालो र नीलो रंगको कपडा नलगाउनुहोस्, महिलाहरूले दिनको समयमा सुत्नबाट जोगिनु पर्छ, महिलाहरूले यस दिन आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्दछ।