काठमाडौं, । सुत्नका लागि सिरानी सबैभन्दा महत्वपूर्ण कुरा मध्येको एक हो । किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ ।वास्तवमा, सही तरिकाले सुत्नका लागि एउटा सही सिरानीको छनौट गर्नु महत्वपूर्ण हुन्छ ।
तर के तपाईँलाई थाहा छ, अग्लो सिरानीमा सुत्नु नोक्सानदायक पनि हुन्छ भन्ने कुरा ? धेरै मानिसलाई अग्लो सिरानी नभइ निद्रा लाग्दैन, तर अग्लो सिरानीमा सुत्दा निम्न नोक्सान हुन्छ ।
गर्दन दुख्नु
अग्लो सिरानीको प्रयोगले गर्दनमा असह्य पीडा हुन्छ । लामो समयसम्म अग्लो सिरानीमा सुत्नाले गर्दनको मांसपेशिमा तनाव बढ्छ ।
निद्रामा कमी
अग्लो सिरानीको प्रयोगले निद्राको गुणवत्तामा असर पर्छ । यसले समयमा उठ्ने र सहि समयमा सुत्ने क्षमतालाई कम गर्छ ।
स्पाइनल कर्डको समस्या
अग्लो सिरानीको प्रयोग गर्नाले ढाड दुख्नुको साथै स्पाइनल कर्डको समस्या पनि हुन्छ । यो समस्यामा ढाडको मांसपेशिलाई तनावमा पुर्याउन सक्छ । जुन दुखाईको कारण बन्न सक्छ ।
टाउको दुख्ने र माइग्रेन
अग्लो सिरानीमा सुत्नाले टाउको दुख्ने र माइग्रेनको समस्या हुन्छ । जसले सिरानीले अनुचित पोजिशनमा लग्छ र टाउको दुख्नुको सम्भावना बढ्छ ।
यी सबै नोक्सान हुँदा–हुँदै पनि केहि मानिस अग्लो सिरानीमा सुत्नुको आनन्द लिन्छन् । यद्यपि, तपाईँलाई पनि अग्लो सिरानीमा सुत्दा कुनै पनि प्रकारको समस्या भइरहेको छ भने डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।