• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / समाचार
  • २५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • घर झगडा भएकै दिन २३ वर्षीया युवती एलिसा हत्या, श्रीमान् फरार

  • संदेश पत्र
  • २०८१ भाद्र १४, शुक्रबार (८ महिना अघि)
  • फाईल तस्विर

    १३ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भयो । हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गते मात्रै होटलको कोठा नम्बर २०५ मा फेला पर्‍यो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार न्यौपानेको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘अनुसन्धानमै रहेकाले आरोपितको परिचय खुलाउन मिल्दैन, तर घटनामा संलग्नको पहिचान भएर उनको खोजी भइरहेको छ’, डीएसपी भण्डारीले भने ।

    प्रहरी ती युवकको परिचय नखुलाए पनि एलिसाका परिवारले भने हेटौंडा–४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाएको छ । हाल समीर फरार छन् । परिवारका अनुसार एलिसा र समीर ७/८ वर्षदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएका थिए ।
    एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको छ ।

    जसमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ । ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं’ उनले एलिसाका भाइसँग ह्वाट्सएपमा लेखेका छन् ।

    आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका छन् । ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ’, खान र एलिसाको भाइबीच भएको कुराकानीबारे परिवारले भनेको छ ।

    परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो ।अनलाइनखबरलाई प्राप्त भिडियो फुटेजमा समीरले एलिसालाई घरमा लगेपछि झगडा परेको देखिन्छ । घर झगडाको दृश्य एलिसाको मोबाइलबाट खिचिएको थियो । एलिसाले भाइसँगको फोन सम्पर्कलाई पनि रेकर्डमा राखेकाले घर झगडामा भएका कुराकानी सुनिन्छ ।

    घर झगडाको क्रममा समीरकी आमाले ‘यसलाई जहाँबाट ल्याएको त्यहीं लगेर मार्नु’ भन्ने शब्द प्रयोग गरेकी छन् । भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । त्यसै दिन हेटौंडाको होटलमा एलिसाको हत्या भएको थियो ।

    अडियो र भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरेर समिरकी आमा र श्रीमतीसँग सोधपुछ गरिसकेको डीएसपी भण्डारीले जानकारी दिए । ‘त्यो भिडियोका विषयमा पनि आरोपितको आमा र श्रीमतीलाई ल्याएर सोधपुछ भइसकेको छ’, उनले भने, ‘त्यो झगडाको क्रममा निस्किएको आवेगको बोली हो वा योजनाबद्ध घटना थियो भन्ने विषयमा अनुसन्धान गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

    समीर–एलिसा सम्बन्ध ?

    एलिसा र उनका भाइ सानै हुँदा आमा दोस्रो विवाह गरेर गइन् भने बाबुको मृत्यु भएको थियो । एलिसाका भिनाजु गणेशबहादुर खत्रीले उनीहरुलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था गरेका थिए ।१५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरेको खत्रीले बताए । ‘१५ वर्ष जतिको थिइन् समीरसँग भागेर पोखरातिर गएर होटल चलाएको भन्थिन मलाई । बिहे गरेपछि मेरो घर २–३ पटक आए । पछिल्ला वर्षमा भने कुनै सम्पर्क थिएन’, खत्रीले भने ।

    समीरको पहिल्यै श्रीमती र बालबच्चा रहेको कुरा एलिसालाई जानकारीमा नभएको खत्रीको दाबी छ ।समीरले विगतमा एलिसालाई घरमै लगेर राखेको र सुरुआती दिनमा दुवै श्रीमती मिलेर बसेको पनि खत्रीले बताए । तर पछि सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे भने एलिसा दुबई गएकी थिइन् ।

    एलिसाले आफ्ना भाइसँग मात्रै नियमित कुरा गर्ने गरेकी थिइन् । ‘मेरो परिवार भन्नु दिदी मात्रै हुनुहुन्थ्यो । अब मेरो भन्नु कोही छैन । दोषीलाई कडा कारबाही हुनुपर्छ’, उनका भाइ भन्छन् । उनी हेटौंडामै एक सामाजिक संस्थामा आश्रय लिएर अध्ययन गरिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution