पनिर मुख्यगरी शाकाहारी को खानेकुराको रूपमा मानिन्छ । माछा–मासुको सेवन नगर्ने व्यक्तिहरूले प्रोटिनको स्रोतको रूपमा पनिरको सेवन गर्ने गर्छन् । जसले माछा मासु खाँदैन उसको लागि प्रोटिनको स्रोत भनेको पनिर हो ।
सय ग्राम पनिरमा १८ ग्राम त प्रोटिन हुन्छ । दूधबाट बनाइने पनिर हामी जो कोहीलाई मन पर्छ । पनिरमा शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्त्वहरू रहेको हुन्छ ।
पनिरमा प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस लगायतका विभिन्न पोषक तत्त्वहरू रहेको हुन्छ । यसकारण आज हामी पनिरको लाभहरुको विषयमा जानकारी गराउँछौ ।
पाचन प्रणाली मजबुत बनाउँछ
पनिरमा फाइबरको मात्रा पनि हुन्छ, जसको कारण पाचन प्रणालीमा देखा पर्ने समस्यालाई हटाउँछ । पनिरले राम्ररी खाना पचाउँछ ।
दाँत मजबुत बनाउँछ
हाम्रो दाँतलाई मजबुत बनाउने क्याल्सियम पनिरमा पाइन्छ । पनिरमा निकै कम मात्रामा लेटेक्स पाइन्छ जसको कारण दाँतको लेटेक्स नोक्सान हुँदैन । पनिरले दाँत मजबुत बनाउनुका साथै स्वस्थ पनि राख्छ ।
हाड मजबुत राख्छ
पनिरमा पाइने पोषक तत्त्वले हड्डी बलियो बनाउँछ । विशेष गरी गर्भवती महिला तथा बच्चा र बुढापाकाले पनिरको सेवन गर्नाले अति फाइदा मिल्छ । यसका साथै शरीरको गाँडागुठी दुख्ने रोगबाट पनि आराम दिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
पनिरको सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । त्यसका साथै ब्लड प्रेसर नियन्त्रणमा राख्छ । डायबिटिज हुन दिँदैन । शरीरको अङ्ग बलियो बनाउन मद्दत गर्छ ।