• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / समाचार
  • १३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नयाँ आईफोन १६ सार्वजनिक गर्ने एप्पलको तयारी कहिले होला सार्बजनिक?

  • संदेश पत्र
  • २०८१ भाद्र ११, मंगलबार (८ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ — एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ, जुन कार्यक्रममा साधारणतया एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू सार्वजनिक गर्ने गरेको छ । यो वर्षको कार्यक्रममा एप्पलको नयाँ आईफोन १६ का विभिन्न मोडलसँगै एप्पलका वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडेल, नयाँ सफ्टवेयर अपडेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी थप घोषणा हुने अपेक्षा गरिएको छ ।

    ‘इट्स् ग्रो टाइम’ लेखेर सञ्चारकर्मी, प्रविधिविज्ञ र डिभेलपरहरूलाई निम्ता बाँडिएको उक्त कार्यक्रम सधैँझैँ क्यालिफोर्नियाको एप्पल पार्कमा आयोजना हुँदै छ । केही सीमित व्यक्तिले मात्रै प्रत्यक्ष भाग लिने सो कार्यक्रम लाखौंंले अनलाइनमा हेर्ने गर्छन् । एप्पलका प्रमुख टिम कुक र वरिष्ठ अधिकारी क्रेग फ्रेडरिघीलगायतले सम्बोधन गर्ने सो कार्यक्रममा सार्वजनिक गरिने आईफोन १६ एआईका विभिन्न सुविधासहित आउने सञ्चार माध्यमहरूले जनाएका छन् । गत जुनमा भएको डिभेलपर्स कन्फेरेन्समा एप्पलले आफ्नै एआई प्रविधि ‘एप्पल इन्टेलिजेन्स’ घोषणा गरेको थियो र यो प्रविधिका कतिपय फिचर नयाँ आईफोनमा समावेश हुने अड्कल गरिएको छ ।

    आईफोनका नयाँ मोडलले केही खस्केको बिक्री सुधार्ने पनि कम्पनीले अपेक्षा गरेको छ । एप्पलका उत्पादनहरूबारे निरन्तर लेख्ने सञ्चार माध्यमले आईफोन १६ एक्सन बटन, ठूलो डिस्प्ले र ए १८ चिपसहित उपलब्ध हुने र जुनमा घोषणा भएका कतिपय एआई सुविधा भने २०२५ तिर आईफोन १५ भन्दा पछिका आईफोनमा मात्रै समावेश हुने उल्लेख गरेका छन् । सन् २०२१ मा २४ करोडवटा आईफोन बिक्री गरेको एप्पलको आईफोन व्यापारमा सन् २०२२ र २०२३ मा १ करोडले गिरावट आएको तथ्यांकले देखाएका छन्, एप्पलको आम्दानी पनि सन् २०२२ को तुलनामा केही कम भएको छ ।

    आईफोनका नयाँ मोडलसँगै एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा, एअरपड प्रो र म्याक्सका नयाँ भर्सनहरू पनि कार्यक्रममा सार्वजनिक हुने अपेक्षा गरिएको छ । कार्यक्रममा ठूलो क्षमता र सुधारिएका मोडेलको म्याकबुक प्रो र एप्पलका विभिन्न उत्पादनका लागि पछिल्ला सफ्टवेयर अपडेट घोषणा हुनेछन् । जुनमा ओपनएआईका साम अल्टम्यानकै उपस्थितिमा एप्पलले आफ्ना उत्पादन र सेवाहरूमा ओपनएआईका उत्पादन र फिचरहरू उपलब्ध गराउँदै लाने घोषणा गरिएकाले पनि आगामी एप्पल इभेन्टलाई लिएर प्रविधिबारे चासो राख्नेहरू बढी उत्सुक छन् ।

    सन् २०२२ मा १६ प्रतिशतबाट बढाएर सन् २०२३ मा विश्वको स्मार्टफोन बजारको झन्डै २० प्रतिशत र उच्च स्थान हासिल गरेको एप्पलका लागि प्रमुख बजारहरूमा बढ्दै गरेका समस्याले चुनौती थपेको छ ।

    चीन लगायत देशका कारण आपूर्ति संयन्त्रमा परेको प्रभाव, हुवावे, सामसङजस्ता कम्पनीसँगको उच्च प्रतिस्पर्धासँगै विभिन्न ठूला कम्पनीसँग एआईमा उन्नतिका लागि गर्नुपर्ने होडले आफ्ना आगामी उत्पादनलाई एप्पलले कस्तोखाले नवीनतम मोड दिन्छ भन्ने हेर्नलायक विषय हुने वाल स्ट्रिट जर्नलले लेखेको छ । कम्पनीका चर्चित प्रमुख स्टिभ जब्सकै समयदेखि बजारमा ट्रेन्ड स्थापित गर्ने किसिमका उत्पादनहरू निकाल्ने हुनाले पनि यो वार्षिक कार्यक्रममा धेरैको चासो रहने गर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution