• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / समाचार
  • ११९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ममताको हत्या श्रीमान नरेशले नै गरेको प्रहरी रिपोर्ट यस्तो छ, घर छाडेर भाग्ने तयारी गर्दा गर्दा पक्राउ परे नरेश

  • संदेश पत्र
  • २०८१ भाद्र ९, आईतबार (८ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं : अमेरिकाको भर्जिनियाबाट ३ हप्ताभन्दा धेरै समयदेखि बेपत्ता नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताएको छ।

    अमेरिकी मिडिया फक्स ५ ले आफूले अदालतमा पेश गरिएको प्रहरीको चार्जशिटको प्रतिलिपि प्राप्त गरेको बताउँदै यस्तो खुलासा गरेको हो।फक्स ५ ले प्राप्त गरेको आपराधिक उजुरी कागजातहरूमा नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको र उनको शवलाई मानसस पार्कमा रहेको आफ्नो घरबाट घिसारेर बाहिर निकालेको आरोप लगाएको छ। आरोपपत्रमा अरू पनि धेरै भयानक कुराहरू उल्लेख गरिएको छ।

    फक्स ५ का अनुसार उसका पत्रकार स्टेफनी रामिरेज शुक्रबार नरेशलाई अदालतमा पेश गरिँदा सुनुवाइमा उपस्थित थिए। सरकारी अभियोजकहरूले अदालतमा नरेशले नै ममताको हत्या गरेको दाबी गरेका छन्। तर, ममताको शव फेला नपरेको कारण अहिले नरेशविरुद्ध मृत शरीर लुकाएको सम्बन्धमा छैटौं श्रेणीको आपराधिक आरोप लगाइएको छ। सुनुवाइमा न्यायाधीशले शुक्रबार नरेशको रिहाइ अस्वीकार गरे र उनी हिरासतमा छन्।

    अदालतमा अनुसन्धानकर्ताहरूले यस हप्ता भट्टको घरमा खोजी गरेको बताए। उनीहरूले अनुसन्धानको क्रममा जम्मा गरिएको डिजिटल र फरेन्सिक प्रमाणले ममताको शव निवासभित्र रहेको र सम्भवतः घिसारेर बाहिर निकालिएको संकेत गरेको पाइएको बताए। अदालतमा पेश गरिएका कागजातहरूमा ममताको हत्या जुलाई ३० मै मा वा यसको १-२ दिन वरपर भएको हुनसक्ने उल्लेख छ।

    ब्लुस्टार टेक्नोलोजी प्रयोग गरेर अनुसन्धानकर्ताहरूले घरको भुइँमा रगतको फैलिएको कुरा पत्ता लगाए। कागजातहरूका अनुसार घरको मास्टर बेडरुममा, कार्पेटमा र मुख्य शयनकक्षको बाथरुममा रगत बगेको चिन्हहरू थिए। ब्लुस्टार टेक्नोलोजीको साथमा थप परीक्षणले त्यो रगत भएको पुष्टी भयो। श्रीमती हराएको बारेमा प्रहरीले सोधपुछ गर्दा नरेशले धेरै असंगत बयान दिएको पनि अदालतमा बताइएको छ।

    ममता हप्ताको दुई दिन युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोग नर्सको रूपमा काम गर्छिन्। उनी अगस्ट १ र २ मा काममा गइनन्। उनले काममा नआउनेबारे फोन सम्पर्क पनि नगरेकोले अस्पतालले प्रहरीलाई खबर गरेको थियो। यसपछि सोधपुछमा नरेशले आफ्नी श्रीमती टेक्सास वा न्युयोर्कमा परिवारलाई भेट्न गएको दाबी गर्दै बेपत्ता भएको रिपोर्ट गर्न अस्वीकार गरेका थिए। यद्यपि ती राज्यहरूमा ममताको परिवार नभएको बताउँदै अभियोजकहरूले ममताको परिवार सबै नेपालमा बस्ने अदालतलाई बताए।

    अनुसन्धानकर्ताका अनुसार नरेशले अगस्ट ६ आफ्नी श्रीमती बेपत्ता भएको रिपोर्ट गर्न पुलिसलाई सम्पर्क गरेका थिए । त्यतिबेला उनले श्रीमतीलाई पछिल्लो पटक जुलाई ३१ को बिहान देखेको बताएका थिए । तर, उनले पछि आफ्नो बयान फेरेर ममतालाई अन्तिम पटक अगस्ट १ को बिहान देखेको बताए ।

    अभियोजनकर्ताहरूले अदालतमा गरेको दाबीअनुसार ३० जुलाईमा नरेश चान्टिलीको वालमार्टमा गएर तीनवटा चक्कुहरूको प्याकेट किनेका थिए । तर उनको घरको खोजीमा एउटा मात्र चक्कु फेला परेको थियो। वालमार्टको सीसीटीभी फुटेजमा पनि नरेशले जुलाई ३१ मा विभिन्न सफाई सामग्रीहरू खरिद गरेको देखिएको थियो। उनले किनेको र हराइरहेको चक्कु हत्या गर्न प्रयोग गरेको र सफाइ सामग्रीहरू हत्यापछि घटनास्थल सफा गर्न प्रयोग गरेको प्रहरीको आरोप छ ।

    अनुसन्धानकर्ताहरूले नरेशको घरमा खोजतलासी गर्दा घर अव्यवस्थित अवस्थामा फेला पारेको बताए। खानतलासीको दुई दिन अघि नरेशले आफ्नो टेस्ला कार बेचेको अभियोजकहरूले खुलासा गरे। घरमा खोजी गर्दा घरधनीले घर छाडेर बाहिर जान लागेको जस्तो देखिन्थ्यो । नरेश भट्ट र उनकी छोरी दुवैका लागि सुटकेस प्याक गरिएको थियो र पासपोर्ट तयारी अवस्थामा थियो । पुलिसले अन्य दुई व्यक्तिसँग कुरा गरेको थियो । ती २ जनाले नरेशले आफ्नो घर पनि बेच्न उनीहरूसँग छलफल गरेको दाबी गरे।

    अधिकारीहरूले दम्पतीकी छोरी नीमा सुरक्षित रहेको र हाल समाज सेवा विभागद्वारा स्वीकृत कसैको हेरचाहमा रहेको पुष्टि गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution