एजेन्सी । हिन्दु धर्ममा सर्पलाई पुजनीय मानिएको छ । धेरै स्थानमा सर्पको पूजा गर्ने गरिन्छ । हिन्दु धर्ममा मानिने भगवान शिवले पनि सर्पलाई घाँटीमा धारण गरेका छन् ।
हामीले कयौंपटक सपनामा सर्प देख्ने गर्छौं । यसका विभिन्न प्रकारका संकेत हुन सक्छन् । यसबारेमा स्वप्नशास्त्री तथा वास्तु विज्ञबाट जानौं ।
सर्पलाई ज्योतिष विज्ञानमा परिवर्तनको प्रतिक मानिन्छ । सपनामा यसलाई देख्नुले जीवनमा परिवर्तन ल्याउन सक्छ । यो एकदमै राम्रो मानिन्छ ।
सपनामा सर्प समातेको देखिन्छ भने यो राम्रो मानिन्छ । यसले संकेत गर्दछ कि तपाईंको जीवनका समस्या आउने समयमा समाप्त हुनेछन् ।
यदि सपनामा सर्पले हातमा टोक्छ भने यो नराम्रो समयसँग लड्दा समस्या आउने सक्ने प्रतिक हुन्छ । त्यस्तै सपनामा टाउकोमा सर्पले टोक्नु चिन्ताको कारण हुन सक्छ ।
सपनामा सर्प मर्छ भने पनि यो तपाईंका लागि राम्रो हुन सक्छ । यसले शत्रुमाथि विजयको संकेत लिएर आएको हुन सक्छ ।
शिवलिंगसँगै सर्प देख्नु एकदमै शुभ मानिन्छ । यसले तपाईंलाई भगवान शिवको आर्शिवाद प्राप्त भएको र छिट्टै मनोकामना पूरा हुने मानिन्छ ।
त्यस्तै सर्प सपनामा देख्नु धन लाभको प्रतिक पनि मानिन्छ ।