मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै बिर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिइरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दुःख, पिर, व्यथा र वेदनाका कुरा बिर्सन सक्नुपर्छ ।
तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको छैन भने मेमोरी पावर बढाउने निम्न टिप्स तपाईँका लागि उपयोगी बन्न सक्छन् ।वंशाणुगत गुण, विभिन्न मानसिक रोग, अत्यधिक थकाई तथा अन्य विविध कारणले गुम्दै गएको मेमोरी पावर नियमित व्यायाम गरेर फेरी कायम राख्न सकिन्छ ।
धेरै उमेर भएको वयस्कहरूमा अल्जाइमरको लक्षण देखिने बित्तिकै यदि उनले दैनिक रूपमा व्यायाम गर्छन् भने सम्झने क्षमतामा वृद्धि हुने एक सर्वेले बताएको छ ।त्यसैले मस्तिष्क लाई सुरक्षात्मक असर उत्पन्न गराउन दैनिक रूपमा व्यायाम गर्नुपर्ने अमेरिकाको रश विश्वविद्यालयले खोज अनुसन्धान बाट पत्ता लगाएको हो ।
त्यस्तै शरीरको व्यायामसँगै दिमागको पनि व्यायाम गर्ने, थकान मेट्ने गरी सुत्ने, सबैसँग रमाइलो र राम्रो व्यवहार गर्नाले पनि धेरै कुरा सम्झनामा आउने गर्दछ ।
दिमागको सबैभन्दा ठूलो शत्रु तनाव हो । तनाव कम भए तपाईँको दिमागले सधैँ नयाँ सृजनशील कुरा गरिरहेको र सिकिरहेको हुन्छ । साथै स्मरण शक्ति पनि बढ्छ ।
गोलभेँडा , ओखर, स्ट्रबेरी, दही, जाइफल, तुलसी, अलैँची, चिया, कफी, बेसार, दालचिनी तथा मरीचको नियमित सेवन गरेर पनि मस्तिष्कको क्षमता वृद्धि गर्न सकिन्छ ।