काठमाडौं । विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका १ कि सोनु श्रेष्ठको निधन भएको छ । लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसामा कोरिया गएकी थिइन् । उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने छ ।
निधनको कारण खुल्न नसकेको बताइएको छ । उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन् । उनका दिदी र भिनाजु समेत कोरियामा नै रहेको माई नगरपालिका १ का वडाध्यक्ष राम राईले जानकारी दिए । सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो ।