महिलाले जानीनजानी महिनावारीका क्रममा केही गल्तीहरु गर्छन् । यसले शरीरले कैयौं समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । यस्तोमा जानौं त्यस्ता के गल्ती छन् जो महिनावारीका क्रममा गर्नु हुँदैन ।
महिनावारीका क्रममा महिलाहरुले एकदमै धेरै कसरत गर्नबाट बच्नुपर्छ । यसक्रममा सक्रीय रहन जरुरी हुन्छ तर धेरै कडा खालको कसरतहरु गर्दा रगत बग्ने समस्या बढ्न सक्छ ।
महिनावारीका क्रममा महिलाहरुलाई एकदमै धेरै पेट, कम्मर र शरीरको तल्लो भागमा दुखाई हुने गर्छ । यस्तोमा महिलाहरुले दुखाई कम गर्ने औषधी खानबाट बच्नुपर्छ । यसको ठाउँमा तपाईंले पानीको बोतलले पेटको सेकाई गर्न सक्नुहुन्छ ।
महिनावारीका क्रममा ऐंठनलाई कम गर्नका लागि चिया वा कफी पिउनुहुँदैन । यसले तनाव, रक्तचाप र मुटुको धड्कन बढ्ने खतरा हुन्छ । तपाईं अर्गानिक टी, स्वस्थ जुस आदिको सेवन गर्न सक्नुहुन्छ ।
कैयौं महिलाहरुको रगतको फ्लो एकदमै कम हुन्छ । यस्तोमा उनीहरुले प्याड खराब हुँदासम्म पर्खिन्छन् । यस्तो गर्नु हुँदैन । महिनावारीका क्रममा समयमा प्याड परिवर्तन नगर्दा संक्रमणको समस्या हुन सक्छ ।
कैयौं महिलाहरु महिनावारीको क्रममा आउने गन्धका कारणले सुगन्धित सामग्रीहरुको प्रयोग गर्छन् । यस्तो गर्नबाट पनि बच्नुपर्छ । यसले यौनीको पीएच लेवल बिग्रन्छ र छालामा संक्रमण हुन सक्छ ।
महिनावारीका क्रममा आफूलाई हाइडे«ट राख्नुहोस् । यसले दुख्ने समस्या कम हुन्छ र रगतको बहाव पनि सही हुन्छ । तपाईं नरिवल पानी र अन्य ताजा फलहरुको जुस पनि पिउन सक्नुहुन्छ ।