३ भदौ, काठमाडौं । नेताहरूको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।
उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए ।
खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको कामना गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए ।