एजेन्सी । प्राय सबैको चाहना हुन्छ कि जीवनमा कहिले पनि धनको कमी नहोस् । त्यही धनको कमी नहोस भन्नका लागि मानिसहरु दिनरात, भोक, तिर्खा नभनीकन मेहनत गरी रहेका हुन्छन् । तर, कतिपय अवस्थामा यति धेरै प्रयास गर्दा पनि सफल हुन सकिँदैन । सोही समस्या समधान गर्नका लागि वास्तु शास्त्रले केही उपायहरु बताएको छ । जसको दैनिक रुपमा पालना गर्नाले लक्ष्मीको साथ सधैँ बनिरहन्छ ।
–प्रायजसो हरेक मानिसहरुको पर्समा औंषधी राख्ने गर्दछन् । तर, वास्तु शास्त्रको अनुसार त्यो गलत हो । वास्तु शास्त्रको अनुसार औंषधी राख्नाले पैसाको कमी हुन्छ ।
–महिलाहरु प्रायजसो आफ्नो पर्समा खानेकुराहरु जस्तै चकलेट, बिस्कीट जस्ता खानेकुराहरु राख्ने गर्दछन् ।तसर्थ यस्तो बानी छ भने छुटाउने । वास्तु शास्त्रका अनुसार पर्समा खानेकुरा राख्नाले आर्थिक नोक्सानको संकेत हो ।
–वास्तु शास्त्रका अनुसार पर्समा कहिले पनि चाबी राख्नु हुँदैन पर्समा चाबी राख्नाले आर्थिक हानी हुने संम्भावना बढ्छ ।
–पर्समा पैसको साथ कागजपत्र राख्नु हुँदैन पर्समा कागजपत्र राख्नाले पनि आर्थिक नोक्सान हुन सक्ने वास्तु शास्त्रले बताएको छ ।
–च्यातिएको वा फाटेको पर्स बोक्नु हुँदैन ।यदि पर्स पूरानो भएर च्यातिएको वा फाटेको छ भने तुरुन्तै चेन्ज गर्नुपर्दछ । च्यातिएको पर्स राख्नाले आर्थिक नोक्सान हुन सक्छ ।