काठमाडौँ । रक्षा बन्धनको पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ। मानिसहरु रक्षाबन्धनको तयारीमा जुटेका छन् । यो पर्व भोली भदौ ३ गते देशभर मनाइनेछ। राखी पर्व दाजुभाइ र दिदीबहिनीबीचको पवित्र सम्बन्धको पर्व हो र यस दिन हरेक दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने गर्छन् । बदलामा दाजुभाइले दिदीबहिनीलाई उपहार दिन्छन्। रक्षाबन्धनलाई हिन्दू धर्ममा उच्च मान्यता दिइएको छ र यो तिथिलाई धेरै शुभ मानिन्छ। आजको दिन यस्तो चिज छ जसलाई घरमा ल्याएमा पैसाको कमी कहिल्यै हुँदैन ।
धेरै मानिसहरुसँग सधैं पैसाको अभाव हुने गरेको देखिन्छ । त्यसो हो भने रक्षाबन्धनमा यस समस्याबाट छुटकारा पाउन सकिन्छ । रक्षाबन्धनको दिनलाई धेरै शुभ मानिन्छ र यस दिन केही चीजहरू घरमा ल्याएमा देवी लक्ष्मीलाई प्रसन्न पार्नुका साथै सुख-समृद्धि प्राप्त हुन्छ। ज्योतिषीहरूका अनुसार यस विशेष दिनमा लक्ष्मीको मनपर्ने वस्तु शंख ल्याइन्छ।
रक्षाबन्धनको शुभ दिनमा शंख ल्याएर पूजास्थलमा स्थापना गर्नुहोस्। यसबाहेक, यसलाई नियमित रूपमा बजाउने गर्नुहोस् । यदि यसो गर्नुभयो भने तपाईको घरमा धन-सम्पत्तिको कहिल्यै कमी आउँदैन। यसो गर्नाले देवी लक्ष्मी प्रसन्न हुन्छिन् र उनको आशीर्वाद घरमा रहन्छ। यसका साथै व्यक्तिलाई धनसँग सम्बन्धित पुराना समस्याबाट पनि राहत मिल्छ।
हिन्दू क्यालेन्डर अनुसार श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन रक्षाबन्धन पर्व मनाइन्छ । शुभ समयको कुरा गर्दा भाद्रकालको समय बिहान ५:५३ देखि दिउँसो १:३२ सम्म रहेको छ। यसपछि बहिनीले भाइलाई राखी बाँध्न सक्छिन् ।