काठमाडौं । आजकलको व्यस्त जीवनमा अस्वस्थकर र मसलादार खानेकुरा खाने र लामो समय एकै ठाउँमा बसेर काम गर्दा मानिसहरू बढ्दो तौलको सिकार भइरहेका छन् । साथै, शारीरिक क्रियाकलापको कमीका कारण पेटको बोसो लाग्ने गर्छ ।
त्यसैले मानिसहरू आफ्नो वजन नियन्त्रण गर्ने धेरै प्रयास गरिरहेका हुन्छन् र पनि व्यस्त समय तालिकाका कारण मानिसहरू उचित कसरत गर्न सक्दैनन्, जसका कारण पेटको बोसो बढ्छ ।
यस्तो अवस्थामा आफ्नो पेटको बोसो घटाउनको लागि तपाईं डाइटिङदेखि जिम जानुहुन्छ, जसमा धेरै समय खेर जान्छ । तर, के तपाईंलाई थाहा छ ? दैनिक आहारमा केही तरकारीहरू समावेश गरेर आफ्नो पेटको बोसो घटाउन सकिन्छ ।
किनभने यी तरकारीमा आइरन र फाइबर जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले पेटको बोसो घटाउन मद्दत गर्छ । आउनुहोस् जानौँ, यी तरकारीका बारेमा आज हामी जानकारी दिने छौ
सिमी
सिमीमा फाइबर पाइन्छ, जसले पेटको बोसो जम्मा हुनबाट रोक्छ । यसका साथै यसले रगतमा चिनीको मात्रालाई पनि कायम राख्न मद्दत गर्छ । त्यसैले, आफ्नो दैनिक आहारमा सिमी समावेश गर्नुहोस् ।
कुरिलो
कुरिलो जिङ्क, आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम र कपर जस्ता धेरै पोषक तत्त्वहरूले भरिपूर्ण कम क्यालोरी भएको तरकारी हो । यसमा घुलनशील र अघुलनशील फाइबर दुवै हुन्छ, जसले मानिसलाई पेट भरिएको महसुस गराउँछ र लामो समयसम्म भोक लाग्दैन । यसबाहेक यसले पाचन स्वास्थ्यलाई पनि राम्रो बनाउँछ ।
ब्रोकाउली
एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्सले भरपुर ब्रोकाउली खाँदा शरीरको बोसो घटाउन मद्दत गर्छ । यसबाहेक यसमा धेरै प्रकारका भिटामिन, प्रोटिन र अन्य प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले पेटको बोसो घटाउन मद्दत गर्छ ।
गाजर
गाजरले पेटको बोसो घटाउन मद्दत गर्छ । कम क्यालोरी भएको गाजरमा उच्च फाइबर, भिटामिन र एन्टिअक्सिडेन्ट राम्रो मात्रामा पाइन्छ ।
तिते करेला
करेला स्वादमा तितो भए पनि पेटको बोसो घटाउन निकै प्रभावकारी हुन्छ । यसले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गरेर रगतमा चिनीको मात्रालाई कायम राख्छ, जसले तौल घटाउन मद्दत गर्छ ।