काठमाडौं । फिट रहनको लागि आफ्नो डाइटबाट चिनी र नुन एकदम कम गर्नुहोस् । केही मानिसहरू नियमित रूपमा दिनमा ३–४ चम्चा चिनी त केवल दूध र चियामा मात्र पिउँछन् । त्यसैले सबैभन्दा पहिले आवश्यक छ कि तपाईं आफ्नो दैनिकीमा चिनीको सेवन कम गर्नुहोस् ।
सबैभन्दा पहिले चिया र दूधबाट चिनी हटाउनुहोस् । यसले तपाईंको दिनको चिनीको मात्रा धेरै कम गराउँछ, जुन तपाईंले दैनिक रूपमा सेवन गर्नुहुन्छ ।यदि केही मिठास चाहिन्छ भने चिनीको सट्टा गुडको प्रयोग गर्नुहोस् । यसले सेतो चिनी जस्तो हानि गर्दैन । यद्यपि गुड पनि सीमित मात्रामा मात्र खानु पर्छ । चिनी र गुडमा कति क्यालोरी हुन्छ ?
चिनीभन्दा धेरै फाइदाजनक हुन्छ गुड वा गुडको सख्खर । क्यालोरीको कुरा गर्दा १०० ग्राम गुडमा करिब ३४० क्यालोरी हुन्छ । त्यस्तै १०० ग्राम सख्खरमा करिब ३७५ क्यालोरी हुन्छ । गुड चिनीभन्दा क्यालोरीमा कम छ र साथै गुडमा धेरै भिटामिन, मिनरल र फ्याट्स पनि पाइन्छ ।
चिनीभन्दा राम्रो किन छ गुड ?
यदि तपाईं १०० ग्राम गुड खानुहुन्छ भने यसमा ७० प्रतिशतसम्म सुक्रोज हुन्छ भने १०० ग्राम सेतो चिनी खानुहुन्छ भने ९९.७ प्रतिशत सुक्रोज हुन्छ । यसबाहेक चिनीमा प्रोटिन, भिटामिन, मिनरल वा फ्याट पाइँदैन ।
त्यस्तै गुडमा फ्रक्टोज, ग्लुकोज, प्रोटिन, आइरन, क्याल्सियम, म्याग्निज, पोटासियम, म्याग्नेसियम, फस्फोरस जस्ता मिनरल पाइन्छ । गुडमा भिटामिन E , भिटामिन A, भिटामिन C पनि पाइन्छ ।
गुड तौल घटाउन प्रभावकारी मानिन्छ । त्यसैले चिया वा दूधमा चिनीको सट्टा गुडको प्रयोग गर्न सुरु गर्नुहोस् । गुडको पाउडर अर्थात् सख्खरलाई दूधमा घोलेर पिउनुहोस् । यसले तपाईंलाई ऊर्जा दिन्छ र पाचन पनि राम्रो हुन्छ ।
फिका चिया बनाएर सख्खर हालेर पनि पिउन सक्नुहुन्छ । यो चिनीलाई प्रतिस्थापन गर्ने स्वस्थ विकल्प हो, जसले हानी गर्दैन ।