काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेतो पुतलीदेखि सावधानी अपनाउन सुझाएको छ । मन्त्रालयले भिडियाे सन्देश जारी गरी सेताे पुतलीबाट सावधानी अपनाउन भनेकाे हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेताे पुतलीले शापू राेग सार्छ । शापू एक दृष्टिनाशक राेग हाे । प्राय वर्षायामपछि भदाैदेखि मंसिरसम्म विशेषगरी नेपालकाे मध्य पहाडी भेगमा शापू महामारीकाे रूपमा देखा पर्ने गरेकाे छ । याे राेगकाे लक्षणहरू देखा परेकाे २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखा दृष्टि गुम्न सक्ने मन्त्रालयले जनाएको छ ।
शापू राेग के कारणले लाग्छ ?
हालसम्म सेताे पुतली (माेथ) लाई शापूकाे कारक मानिएकाे छ । तथापि कतिपय अवस्थामा सेताे पुतलीकाे संसर्गमा नआएका बिरामीहरूलाई पनि याे राेग देखा परेकाे छ । अन्य जीवाणु र विषाणुले समेत याे राेग लागेकाे पाइएकाे छ ।
शापू राेगकाे लक्षणहरू के के हुन् ?
– एक्कासी एउटा आँखा राताे हुनु ।
– चिप्रा नलाग्नु ।
– उज्यालाेमा हेर्न नसक्नु ।
– आँखाकाे दृष्टिमा तत्कालै कमि हुनु ।
– आँखा दुख्नु ।
– उपचारमा ढिलाे भएमा कालाे नानीमा सेताे देखिनु ।
शापूकाे राेकथाम कसरी गर्ने ?
– सेताे पुतलीकाे संसर्गबाट टाढै रहने ।
– धेरै उज्यालाे सेताे बत्ति नबाल्ने ।
– साँझ र राति झ्याल ढाेका बन्द गर्ने ।
– सम्भव भएसम्म झ्याल ढाेकामा जाली हाल्ने ।
– सुत्ने काेठामा बत्ती निभाएर वा मधुराे बत्ती बालेर झुल लगाएर मात्र सुत्ने ।
समयमै उपचार भएमा निकाे हुने तर ढिलाे भएमा बिरामीकाे दृष्टि गुम्ने तथा आँखा सुकेर जान सक्ने मन्त्रालयकाे भनाइ छ । याे राेग लागेकाे शंका लागेमा तुरून्त अस्पताल वा आँखा उपचार केन्द्रमा जान मन्त्रालयले अनुराेध गरेकाे छ ।