एजेन्सी। शरीरको मालिस गर्नाले तपाईंको थकान तथा शरीरको दुखाइजस्ता विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथमा अन्य कैयौं समस्याहरूबाट पनि छुट्कारा पाउन सकिन्छ ।
यहाँ जानौं तोरीको तेलमा कपूर मिसाएर शरीर मालिस गर्दा कस्ता फाइदा हुन्छन् ?
– छालालाई भित्रीरूपमा सफाइ गर्नका लागि तोरीको तेल र कपूर मिसाएर शरीरको मालिस गर्नुहोस् । यसो गर्नाले छालाको फोहोर सफा हुन्छ र छाला एकदमै चम्किलो हुन्छ ।
– तोरीको तेलमा कपूर मिसाएर शरीरको मालिस गर्नाले शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ । यसले तपाईंको जोर्नी तथा मांसपेशीहरूको दुखाइ पनि कम हुन्छ ।
– रुघाखोकीबाट राहत पाउनका लागि पनि तपाईं तोरीको तेल प्रयोग गर्न सक्नुहुन्छ । यसमा कपुर मिसाएर हल्का मनतातो बनाउनुहोस् र त्यसपछि छातीमा लगाउनुहोस् ।
– तोरीको तेलमा कपूर मिसाएर शरीरको मालिस गर्नाले छालालाई चिल्लो तथा मुलायम बनाउन सकिन्छ । यसले छालालाई प्राकृतिकरूपमा मोइस्चराइज गर्ने गर्छ ।
– ढाड तथा कम्मरको दुखाइ छ भने पनि तपाईं तोरीको तेलमा कपुर मिसाएर यसले कम्मर मालिस गर्न सक्नुहुन्छ । यसो गर्नाले दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।
– छालासँग जोडिएका समस्याहरू कम गर्नका लागि पनि तपाईं तोरीको तेलमा थोरै कपूर मिसाएर तताएर लगाउन सक्नुहुन्छ । यसले शरीर सुक्खा हुने चिलाउने आदि समस्या समाधान हुन्छ ।