एजेन्सी । नियमित खाईरहेका खानेकुराले कस्तो फाइदा गर्छन भनेर तपाईंलाई थाहा नहुन पनि सक्छ । हामीले प्रायः नियमित खाने यस्ता तीन चीज छन् जसले तपाईंको शरीरसँगै दिमागका लागि पनि फाइदा गर्छ ।
विशेषगरी गर्भवती महिलाले यी तीन चीज नियमित रुपमा सेवन गर्दा पेटको बच्चाको समेत दिमाग तेजिलो बन्दै जान्छ । त्यसैले गर्भवती महिलाले आजैदेखि यी तीन खानेकुरा सेवन गर्नुहोस् ।
ओखर
ओखरलाई सबै ड्राई फ्रुट्सहरुको राजा भनिन्छ, किनकी यसमा एन्टीअक्सीडेन्ट, प्रोटिन तथा स्वस्थ फ्याट भरपूर मात्रामा पाइन्छ । यसबाहेक यसमा क्याल्सियम, पोटाशियम, कपर, आइरन र जिंक पनि पाइन्छ । यो स्वास्थ्य तथा दिमागका लागि एकदमै राम्रो हुन्छ ।
ओखरमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जसलाई अल्फा–लिनोलेनिक एसिड पनि भनिन्छ । ओखरमा पोलीफेनोलिक तत्व पनि पाइन्छ । ओमेगा–३ फ्याटी एसिड तथा पोलीफेनोल्स दुवै दिमागको लागि आवश्यक मानिन्छ । साथै ओखरमा मेलाटोनिन पाइन्छ जो राम्रो निद्राको लागि सहयोगी हुन्छ ।
बेसार
हरेक भान्छामा हुने बेसार खानामा रंगका लागि मात्रै हैन स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । तर के तपाईंलाई थाहा छ ? बेसार दिमागको लागि पनि राम्रो हुन्छ । बेसारमा सक्रिय तत्व करक्यूमिन हुन्छ, जसले दिमागमा रगतको फ्लो बढाउन सहयोग गर्छ ।
दुधमा थोरै बेसार मिसाएर पिउनाले दिमागलाई एकदमै फाइदा पुग्छ । यसले दिमागमा हुने प्रेसर कम हुन्छ र तनावबाट राहत पाइन्छ । साथमा पेटमा हुर्कँदै गरेको बच्चालाई पनि यसका फाइदा हुन्छन् ।
ब्रोकाउली
दिमागको लागि ब्रोकाउली पनि एकदमै फाइदाजनक हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड, फ्लेवोनोइड, भिटामिन ई, आइरन तथा कपर जस्ता पोषक तत्वहरु पाइन्छन् ।
साथै ब्रोकाउली भिटामिन के को राम्रो स्रोत पनि हो । यसले दिमागका कोषिकामा चाहिने पोषण दिन्छ ।
यी खानेकुरा तपाईं गर्भवती हुँदा खान सक्नुहुन्छ साथै बच्चा जन्मिएर ठूलो हुँदै जाँदा उसलाई पनि नियमित रुपमा यी खानेकुरा खुवाउनुहोस् । त्यसले उनीहरुको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउँछ ।