एजेन्सी । वास्तुशास्त्रअनुसार घरमा सुगा पाल्नु शुभ मानिन्छ । वास्तु सल्लाहकारका अनुसार सुगा राख्नाले घरका सदस्य विरामी पर्दैनन् ।
घरको उत्तर दिशामा सुगाको पिंजरा राख्नु शुभ मानिन्छ । सुगा राख्दा बच्चाहरुको पढाईमा मन लाग्ने पनि मान्यता छ । यसले तपाईंको घरको केही ग्रहबाट आउने मुस्किलहरुसँग बचाउँछ ।
सुगा पाल्दा श्रीमान् श्रीमतीबीच सम्बन्ध पनि राम्रो बन्छ । सुगा पाल्दा घरमा सकारात्मक माहोल बनिरहन्छ ।
यदी कसैको चिनामा सुगा छैन भने त्यस्तो व्यक्तिले सुगा पाल्नु हुँदैन ।यदी तपाईंले पालिरहेको सुगा खुशी छैन भने पनि घरमा समस्या तथा दुःखहरु आउन सक्छन् ।