• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / स्वास्थ्य
  • २१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अनुहारमा देखिने चाया-पोतोको उपचार कसरी गर्ने ?आज हामी जानकारी दिने छौ

  • संदेश पत्र
  • २०८१ श्रावण १५, मंगलबार (९ महिना अघि)
  • फाईल तस्विर

    हामी सबैलाई राम्रो हुन मन लाग्छ। सबैले आफ्नो छाला राम्रो बनाउन बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्छौँ। कतिपयसामान र औषधिले काम गर्दछ त कतिपय उपायले राम्रो बनाउनको साटो उल्टै समस्या बढाउँछ। अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिगार्छ। कालोपोतोको कारण कतिपय मानिस मानसिक समस्यामासमेत पर्ने गर्छन्।

    गाला, आँखाको छेउछाउ देखिने पोतोले मानिसको मनोबल नै कमजोर बनाइदिन्छ। धेरै कारणले अनुहारमा चाया र पोतो आउने गर्छ। घामको कारणले र घामबाट आउने किरणको कारणले हाम्रो छाला कालो बनाउँछ। हाम्रो छालाको उचित तरिकाले कसरी हेरचाह गर्ने ? कस्तो सामानको प्रयोगले कालो पोतो आउने हो ? यसको रोकथामका उपाय के कस्ता छन् ? यसै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. अनुपमा कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :

    अनुहारमा के कारणले चाया र पोतो आउछ ?
    अनुहारमा चाया र पोतो आउने कारणहरु धेरै छन्। जसमा कसैको पेटसम्बन्धी रोग भएमा,अनिन्द्राको समस्यामा भएमा, घाममा बढी बस्ने व्यक्तिमा यो समस्या हुनसक्छ। कलेजो सम्बन्धी रोग लागेमा, पानी कम पिउने बानी भएमा, गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गरेमा, विद्युतीय उज्यालोमा धेरै समयमा बसेमा, अस्वस्थकर खाना खानाले पनि अनुहारमा चाया पोतोको समस्या आउछ।

    यो समस्या विषेशगरी कुन उमेर समूहमा धेरै देखिएको छ ?
    चायापोतो विशेषगरी ३० वर्षमाथिका महिलामा बढी देखिएको छ। जुन महिला बढी घाममा काम गर्ने, घाममा हिँड्ने गर्छन्, जसले घामबाट बच्ने क्रिम प्रयोग गर्दैनन्। त्यस्ता महिलामा बढी समस्या देखिने गरेको छ। गर्भवती भएपछि चायापोतो आउने सामान्य कुरा हो। अहिले १७, १८ वर्षका युवतीमा पनि चायापोतोको समस्या देखिने गरेको छ। कसैलाई वंशाणुगत पनि यस्ता समस्या देखिने गरेका छन्। परिवारका कुनै एक सदस्यको चायापोतो छ भने अरुलाई पनि हुने सम्भावना रहन्छ।

    जथावाभी कस्मेटिक प्रयोग गर्दा अनुहारमा कस्तो समस्या देखापर्छ ?
    अहिले बजारमा विभिन्न प्रकारका क्रिम पाइन्छन्। कसैको सल्लाह बिनानै धेरै प्रकारका क्रिम प्रयोग गरेको पाइन्छ। कुनै एक जनालाई राम्रो गरेको क्रिम अरुले पनि प्रयोग गरेको देखिन्छ। कुनै महिलाको अनुहार बिग्रियो भने एकदमै चिन्ता हुन्छ। कुनै सनब्लक क्रिम, गोरोपना आउनेक्रिम प्रयोग गर्नुभन्दा पहिले छाला रोग विशेषज्ञलाई देखाएर मात्र प्रयोग गर्नुपर्छ। बजारमा पाइने क्रिमले क्षणिक समयको लागि राम्रो भए पनि पछि छाला पातलो हुने, पोल्ने, दाग वा धब्बा आउने, रौ आउने जस्ता समस्या देखा पर्छन्।

    सावधानीका लागि के गर्ने ?
    सावधानीका लागि घाममा हिँड्नु भन्दा अगाडि सधै सनब्लक क्रिमको प्रयोग गनुपर्छ। सनब्लक क्रिम दिनमा तीन पटक बिहान उठ्ने बित्तिकै, घरबाट बाहिर निस्कने बेला र दिउँसो एकपटक सनब्लक लगाउनुपर्छ। १० देखि ३ बजेसम्मको घाम एकदमै चर्को हुन्छ, त्यो बेला घरबाहिर निस्कदा सनब्लक लगाउने, छाता ओढ्ने गर्नुपर्छ। गर्मीमा पौडी खेल्दा हाई एसपिएफको क्रिम लगाउनुपर्छ। बेलुका राम्रोसँग मुख धोएर मोस्चराइजर लगाउँदा पनि चायापोतो आउन पाउँदैन। बाहिरी या भित्री तह कहाँ चायापोतो आएको हो बुझेर औषधि लगाउनुपर्छ। यो औषधि लगाएको तीनदेखि चार महिनापछि मात्र केही मात्रामा हराउने गर्छ। चायापोतो पूर्ण रुपमा निको हुन गाह्रो छ। तर, यसलाई केही कम गर्न सकिन्छ। यसको लागि दैनिक सनब्लकको प्रयोग गर्ने, घाममा कम हिँड्ने र छालाको हेरचाहमा ध्यान दिने गर्नुपर्छ।

    अनुहारमा चाया र पोतोको उपचार खर्च कति लाग्छ ?
    सामान्यतया त्यति धेरै खर्चिलो पनि छैन, केही परीक्षण गर्नुपरेमा मात्र खर्च लाग्ने हो। डाक्टरको सल्लाहमा दाग हराउने खालको क्रिम प्रयोग गनुपर्छ। त्यति खर्चिलो छैन। प्राय सबैको पहुँचमा रहेको छ। दाग फिका बनाउने क्रिम, चायापोतो हेरेर छालारोग विशेषज्ञको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ। चायापोतो कस्तो अवस्थामा छ, कति रेन्जमा छ हेरेर मात्र औषधि दिइन्छ। सुरुको फेजमा हामीले उपचार गर्छौ, त्यसको लागि दुईदेखि चार महिना लाग्छ। त्यसपछि मेन्टेनेन्स थेरापी गर्न लामो समय लाग्छ।

    अनुहारमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
    यसको लागि सधै घाममा निस्कनु भन्दा पहिले र दिनमा तीन पटक सनब्लक प्रयोग गर्नुपर्छ। घाममा निस्किदा कालो छाता ओढेर निस्कने गर्नुपर्छ। स्विमिङ गर्दा, ट्रेकिङ गर्दा बढी एसपिएफको सनब्लक लगाउने गर्नुपर्छ। यो बाहेक डाइटमा पनि ध्यान दिनुपर्छ। पानी धेरै खाने, एन्टिअक्डिेन्ट फुडले पनि दाग हराउन सहयोग गर्छ। छालामा केही समस्या आयो भने आफैले किनेर केही औषधि प्रयोग गर्नु हुँदैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution