काठमाडौँ । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले प्रशासनलाई जानकारी दिए ।
रजौरेका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो । घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
को हुन् पुष्कर खतिवडा ?
झापा घर भएका पुष्कर खतिवडाले फेसबुकमा आफूलाई धर्मगुरु र ज्योतिष भनेर चिनाएका छन् । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट स्नातक गरेको उनको प्रोफाइलमा उल्लेख छ । उनले युट्यूव च्यानलहरूलाई अन्तरवार्ता दिएर विभिन्न भविष्यवाणी गर्ने गरेका थिए ।
प्राइम टेलिभिजनमा ‘ज्योतिष चक्र’ कार्यक्रम चलाउने खतिवडाले करिब दुई साता अगाडि साउन र भदौ महिना राम्रो नरहेको र विभिन्न अनिष्ट हुन सक्ने भविष्यवाणी गरेका थिए ।
उनले भनेका थिए, ‘यदि टाढाको यात्रा प्लेनको यात्रा गर्दै हुनुहुन्छ भने विशेष गरेर साउन र भदौ महिना मंगल र शनिको प्रभावका कारण अत्यन्त खतरा रहेको छ । कुनै ठूला ठूला राजनीतिज्ञ, सेलिब्रिटीको निधनको खबर आउन सक्छन् भने कुनै पनि हवाईसँग सम्वन्धित दुर्घटना वा अत्यधिक कुनै पनि प्रकारका दुर्घटनाको योग बनिरहेको छ । त्यसैले यी दुई महिना अत्यन्तै खराब समय चलिरहकाले लामो यात्रा नगर्नु होला ।’
सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि आफ्नो भविष्यवाणी मिलेको भन्दै उनले सामाजिक सञ्जालमा विवादास्पद पोस्ट गरे