काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
सौर्य एयरको दुर्घटनाग्रस्त जहाजमा एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) कल साक्ष्न नामको जाहाज थियो ।
थप विवरण आउन बाँकी रहेको छ । हेर्नुहोस दुर्घटनाग्रस्त स्थलको अवस्था