सुन्दर गृहस्थ जीवनका लागि एउटै वर्णमा विवाह गर्ने विधान गरिएको छ । वैदिक धर्मशास्त्रमा सगोत्रीय विवाह गर्नुहुँदैन भन्ने वचनहरू प्रशस्त रूपमा पाइन्छन् ।एउटै गोत्रमा नाता र स्वभाव, गुण, धर्म र रगतको नाता एउटै ऋषिको रहेको हुनाले एउटै गोत्रमा विवाह गर्न निषेध गरिएको हो ।
रगतको नाता अन्तर्गत रक्त समूहभित्र बहने सगोत्रीय ऋषिको शक्ति सञ्चालित हुने भएकाले एउटै गोत्रमा विवाह गर्नुहुँदैन ।एउटै ऋषिको सन्तानमा रगतभित्रको सूक्ष्म कोशिकामा तत् सम्बन्धित गोत्रीय ऋषिको प्रभाव रहन्छ ।
विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप, सप्तर्षिको नामले चिनिन्छन् । यसमा आठौँ ऋषि अगस्ति हुन् । यिनै आठ ऋषिमध्येका सन्तान हौँ हामी ।एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ, अनि उनीहरूमा रङ्ग नचिन्ने रोगसमेत लाग्न सक्छ ।
मानसिक रोग, शारीरिक समस्या, अङ्गहरूको उचित विकास नहुने तथा अनेकथरी वंशाणुगत रोग सगोत्री विवाह गर्ने जोडीबाट जन्मिएका सन्तानमा देखिन सक्छ ।एउटै गोत्रमा विवाह गरेको खण्डमा सन्तानमा विकलाङ्ग, हिंसा, अस्थिरता, अशान्ति र दुराचारी प्रवृत्ति उत्पन्न हुन्छ । जसले समाज, धर्म, संस्कृति, मूल्य, मान्यता र परम्परालाई छिन्नभिन्न गर्दछ ।
जसका कारण समाजमा दुराचार र कुसंस्कार बढ्छ । एउटै गोत्रमा विवाह गर्न निषेध गर्नुको कारण पनि यही नै हो ।यो वैज्ञानिक पनि रहेको छ । सन्तानको सुख, शान्ति, समृद्धि र उन्नत जीवन चाहने व्यक्तिले एउटै गोत्रमा विवाह गर्नुहुँदैन ।