• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / स्वास्थ्य
  • २६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ? जान्नुहोस

  • संदेश पत्र
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्‍यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्‍याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु ।

    यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् ।

    ‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् ।

    धेरै पानी पिउनाले बारम्बार पिसाब लाग्छ ?

    सुत्नुअघि धेरै पानी पिउने भएकाले राति धेरै पिसाब लाग्नु सामान्य कुरा हो भन्ने धेरैले सोच्छन् । तर यो सधैं हुँदैन । यो मधुमेह तथा अन्य गम्भीर समस्याको लक्षण हुन सक्ने थाइराइड तथा मधुमेहरोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।

    ‘यदि सुत्नुअघि धेरै पानी पिइयो भने कहिलेकाहीं राति पटक-पटक पिसाब लाग्न सक्छ । तर यदि दैनिक रातमा बारम्बार पिसाब लाग्ने समस्या छ भने सुत्नुअघि पानी पिउनु वा धेरै पानी पिउनु कारण नहुन सक्छ,’ उनी भन्छन् ।

    डा. भट्टराई अगाडि भन्छन्, ‘मधुमेहमा रगतमा चिनीको मात्रा बढ्छ, यसले मिर्गौलामा धेरै दबाब दिन्छ र उनीहरूले अतिरिक्त चिनीलाई पूर्ण रूपमा अवशोषित गर्न सक्दैनन् । जसकारण पिसाबको माध्यमबाट अतिरिक्त चिनी बाहिर निस्कन्छ, तर यस समयमा शरीरबाट धेरै मात्रामा पानी पनि सोस्छ । जसकारण पिसाब बढी निस्कन थाल्छ । यस्तो अवस्थामा धेरै तिर्खा लाग्दा पानीको मात्रा बढ्छ र बारम्बार पिसाब लाग्छ ।’

    मधुमेहको समस्यामा राति मात्र होइन दिउँसो पनि पटक–पटक पिसाब लाग्ने हुन्छ । मुख सुख्खा हुने र बारम्बार पिसाब लाग्ने समस्या छ भने मधुमेह जाँच गराउन भट्टराई सुझाउँछन् ।

    बारम्बार पिसाब लाग्ने अन्य कारण

    दिउँसोको समयमा बारम्बार पिसाब नलाग्ने तर राति पिसाब लागेर बारम्बार उठ्नुपर्छ भने मुटुको समस्याले पनि हुन सक्ने डा. बस्नेत बताउँछन् । ‘मुटुले राम्ररी काम गरेको छैन भने दिनको समयमा उभिंदा-बस्दा जीउको तल्लो भागमा पानी जम्मा हुन्छ र खुट्टा सुनिन्छ,’ उनी भन्छन्, ‘राति सुतेको बेला खुट्टा र मुटुको लेभल एउटै अवस्थामा आउँछ र मुटुले कम काम गर्दा पनि जीउको पानी पम्प गर्छ र मिर्गौलाले पिसाब बनाउँछ र रातको समयमा बारम्बार पिसाब लाग्न सक्छ ।’

    पुरुषहरूमा बारम्बार पिसाब लाग्नु प्रोस्टेट समस्याको संकते हुन सक्छ । उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थि बढ्दै जान्छ र राति मात्र होइन दिउँसो पनि बारम्बार पिसाब लाग्छ ।‘युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) पिसाब नलीको संक्रमणका कारण पनि राति बारम्बार पिसाब लाग्ने समस्या देखा पर्छ,’ डा. भट्टराई भन्छन्, ‘मिर्गौलामा संक्रमण भएमा पनि रातको समयमा धेरै पटक पिसाब आउन सक्छ ।’

    महिलालाई राति पटकपटक पिसाब लाग्नु गर्भावस्थाको सामान्य प्रारम्भिक संकेत पनि रहेको उनी बताउँछन् । बढ्दो भ्रूणले मूत्राशयमा दबाब दिंदा यो समस्या देखा पर्ने उनको भनाइ छ ।

    ‘राति बारम्बार पिसाब लाग्छ भने स्वास्थ्यमा केही समस्या छ कि छैन भनेर पहिचान गर्न सबैभन्दा पहिले मूत्र परीक्षण गर्नुपर्छ । त्यसबाट पहिचान नभए अल्ट्रासाउन्ड लगायतका अन्य परीक्षण गर्नुपर्छ,’ डा. भट्टराई भन्छन्, ‘परीक्षणमा केही समस्या भए नभएको पत्ता लाग्छ । समस्या देखा परे चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution