काभ्रे / उपत्यकाका पाँच क्याम्पसका नेविसंघ क्याम्पस इकाई समितिका सभापतिले पोखरा काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परिक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका छन । पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई ईन्जिनियरिङ लाइसेन्स परिक्षामा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका हुन ।
युनिभर्सल कलेजका नेविसंघ इकाइ सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एन. सि.आई.टि कलेजका सभापति टिकेश भट्ट, ऐभरेष्ट कलेजका सभापति प्रजित अधिकारी र नेपाल ईन्जिनियरिङ्ग कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएर ध्यानकर्षण गराएका छन । उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल,पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालको ध्यानाकर्षण गराएका हुन ।
ज्ञापन पत्रमा भनिएको छ, नयाँ ईन्जिनियरिङ्ग लाईसेन्स परिक्षाको फर्म यहि मिति २०८१ असार ०७ गते सम्म तोकिएको छ । देशकै दोस्रो ठुलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्वविद्यालयको नतिजा लगत्तै प्रकाशित भएको जगजाहिर नै छ । परिक्षामा सहभागी हुन सम्पूणर् प्रक्रियाहरु पुरा गर्न समय लाग्ने गर्दछ । यो विषयलाई ध्यानै नदिई नेपाल ईन्जिनियरिङ्ग काउन्सिलले प्रकाशित गरेको निणर्य खेद जनक छ ।
विद्यार्थीहरुलाई परिक्षा दिनबाट वञ्चित गराउने नेपाल इन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाही हो । तसर्थ यो निणर्य सच्चाएर थप म्याद थपि विद्यार्थीलाई परिक्षा दिने अवसर दिइयोस् । हाम्रो विज्ञप्तिलाई व्यावस्था गरि २४ घण्टा भित्र उक्त निणर्य नसच्चाए नेपाल विद्यार्थी संघले नेपाल ईन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालय विरुद्द थप सर्घषका कार्यक्रम गर्न वाध्य हुनेछ ।
उपत्यकाका पाँच सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिल ईन्जिनियरिङ लाइसेन्स परिक्षामा सहभागी हुने बाताबरण मिलाउन उचित पहल गरिदिन आग्रह गरेका छन ।
नेपाल इन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाहीका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरुको भविश्य अन्योलमा पर्ने अवस्था आएको र येस्को मुख्य कारक पोखरा बिश्वबिद्धालयको परिक्षा नियन्त्रक विद्यार्थीहरुको नतिजा प्रकाशित भए पछी पनि आफ्नो कर्तव्य बाट भागी आफू खुशी बिदा मा बसि सम्पुर्ण विद्यार्थीको भबिस्य अन्योलमा परेको परिक्षा नियन्त्रक को चरम लापरवाही हो ।आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको एन. सि.आई.टि कलेजका सभापति टिकेश भट्टले बताए