काठमाडौँ । हामी दिनहुँ अनेक खालका तरकारीहरू खान्छौँ । हरेक आ–आफ्नै स्वास्थ्य लाभहरू छन् । तपाई हाम्रो भान्सामा सिजनमा प्रायः नछुट्ने तरकारी हो काउली । हरियो काउली अर्थात् ब्रोकाउली तपाई कत्तिको खानु हुन्छ ? यसलाई विदेशतिर यसलाई प्रायः सूप, सलाद र जंक फूडमा प्रयोग गरिन्छ । नेपाली घरमा भने ब्रोकाउलीको तरकारी धेरै खाइन्छ ।
तपाईँलाई ब्रोकाउली कत्तिको मन पर्छ ? खानु हुन्न भने यसलाई आफ्नो दैनिक आहारमा अवश्य समावेश गर्नुस्, खासगरी मधुमेहका बिरामीहरूले । ब्रोकाउलीको सेवनले मधुमेहका रोगीहरूको रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ । यसमा केही यस्ता तत्त्व पाइन्छ, जसले क्यान्सर हुने सम्भावनालाई पनि कम गर्न सक्छ । आजको य स लेखमा हामीहरू ब्रोकाउली खाँदाका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।
ब्रोकाउलीमा धेरै प्रकारका भिटामिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ । ब्रोकाउलीले सुन्निएको कम गर्न मद्दत गर्छ, रगतमा चिनीको मात्रा स्थिर राख्न सघाउँछ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन पनि यो सहयोगी हुन्छ ।
ब्रोकाउलीमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । त्यसैले मधुमेहका रोगीहरूले यो तरकारी खानुपर्छ । यसलाई खाँदा रगतमा चिनीको मात्रा बढ्दैन । तपाईँलाई पनि मधुमेह छ र रगतमा चिनीको मात्रा उच्च छ भने औषधिको साथसाथै आहारमा ब्रोकाउली पनि समावेश गर्नुस् । यो हरियो तरकारीले रगतमा तिनीको मात्रा ठिक्क राख्न सघाउँछ ।
ब्रोकाउली एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । फ्रि रेडिकलका कारण कोशलाई हुने क्षति रोक्न यो प्रभावकारी हुन्छ । यसले सुन्निएको कम गर्न मद्दत गर्छ । यसले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । क्रोनिक डिजज लाग्ने सम्भावना कम हुन्छ । यसमा धेरै प्रकारका बायोएक्टिभ यौगिक हुन्छन् जसले शरीरको तन्तुहरूमा हुने इन्फ्लेमेशन कम गर्छ ।
ब्रोकाउली क्रुसिफेरस तरकारी हो । यसमा पाइने बायोएक्टिभ यौगिकहरूले कोशिकाको क्षतिलाई कम गरेर दीर्घकालीन रोगहरूबाट बचाउँछ । क्रुसिफेरस तरकारीहरू खाँदा स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, पेटको क्यान्सर, कोलोरेक्टल, मिर्गौला, पिसाबको क्यान्सर जस्ता केही प्रकारको क्यान्सरबाट बच्न सकिने धेरै अध्ययनले पनि देखाएका छन् ।
ब्रोकाउली खाँदा पाचनलाई स्वस्थ रहन्छ । फाइबर र एन्टिअक्सिडेन्टको मात्रा धेरै हुने भएकाले यसले पाचन क्रियालाई राम्रो बनाउँछ र पेट सफा बनाउँछ । खाना राम्ररी पच्छ र कब्जियतको समस्या हुँदैन । पेटमा स्वस्थ ब्याक्टेरिया बढाउँछ ।
भिटामिन सी पाइने भएकाले ब्रोकाउलीले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
भिटामिन के र क्याल्सियम पनि पाइने भएकोले यसले हड्डीलाई स्वस्थ र बलियो बनाउँछ । केही पोषक तत्वहरू र बायोएक्टिभ यौगिकहरूले उमेर बढ्दै जाँदा देखिने मानसिक समस्याहरूलाई कम गरेर मस्तिष्कलाई स्वस्थ बनाउँछ र स्नायु तन्तुको कार्यमा सघाउँछ । ब्रोकाउली खाँदा शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम गर्छ र मुटुलाई स्वस्थ राख्न सघाउँछ । ब्रोकाउलीमा पाइने एन्टिअक्सिडेन्टले हृदयघात र अन्य जोखिमलाई पनि कम गर्न सक्छ ।