एजेन्सी । उसिनेको अण्डा प्रोटिनको राम्रो स्रोत मानिन्छ । मांसपेशीलाई बलियो बनाउनेदेखि लिएर शारीरिक विकासमा प्रोटीनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यसलाई प्रोटीनको राजा पनि भनिन्छ । जिम जाने मानिसहरु उसिनेको अण्डाको फाइदाबारे राम्रोसँग जान्दछन् । तर स्वास्थ्यमा फाइदै फाइदा पुर्याउने उसिनेको अण्डाको साइड इफेक्टहरु पनि छन् ।
वुमन्स हेल्थले भर्खरै उसिनेको अण्डाको डाइटसम्बन्धी एक रिपोर्ट जारी गरेको छ । डब्लुएचका अनुसार उसिनेको अण्डा लीन प्रोटिन (माछा र चिकेन), स्टार्च विनाको तरकारी (हरियो सागपात, ब्रोकाउली, गाँजर, क्याप्सिकम), कम बोसोयुक्त खाना (मख्खन, कोकोनट तेल) को लिस्टमा पर्छ । एक आहार विशेषज्ञ तथा पोषण विशेषज्ञ एरिन पालिन्स्कीका अनुसार ब्रेकफास्टमा मानिसहरु प्रायजसो उसिनेको अण्डा फलफुलसँग खाने गर्छन् । जबकि लन्च र डिनरमा कुनै सब्जीसँग खाने गर्छन् ।
डाइटबाट कार्बोहाड्रेट घटाउँदा हाम्रो तौल घट्न थाल्छ । तर स्लिम र फिट रहनका लागि यसलाई स्वस्थ तरिका मान्न सकिँदैन । उसिनेको अण्डा डाइटको सबैभन्दा ठुलो समस्या यो हो कि यसमा निर्भर रहँदा हाम्रो शरीरलाई ती तमाम पोषक तत्व मिल्दैन, जसको आवश्यकता छ ।
डब्लुएचले एक आहार तथा पोषण विशेषज्ञ मार्फत् ती तमाम कुराहरुबारे बताएको छ जुन उसिनेको अण्डाका कारण हाम्रो डाइटमा सामेल हुँदैन । वास्तवमा उसिनेको अण्डा डाइटमा लिँदा प्रशोधित खाद्य पदार्थ, आलु, मकै, मटर, सिमी, गेडागुडी जस्ता तरकारीहरु छुट्छन् ।
उसिनेको अण्डा डाइट फलो गर्नेहरुलाई केरा, भुइँकटहर, आँप, ड्राइ फ्रुट्स र गुलियो पेय पदार्थ नखान भनिन्छ जुन स्वास्थ्यका लागि अत्यावश्यक छ । उसिनेको दुई अण्डा राम्रो नास्ता मानिन्छ । तर यसलाई दिनभर खानु ठिक छ ? पलिन्स्की धेरै मानिसहरुका लागि यो सही मान्दिनन् । यो पनि ख्याल राख्नुपर्छ कि स्वास्थ्यलाई फाइदा पुर्याउने पोषक तत्वसँगै कोलेस्ट्रोल पनि हुन सक्छ जसले हाम्रो कलेजो र मुटुलाई हानी पुर्याउन सक्छ ।
२०१० मा क्यानेडियन जर्नल अब कार्डियोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार दिनहुँ अण्डा खाने मानिसमा कार्डियोभास्कुलर अर्थात् हृदयसम्बन्धी रोगको खतरा करिब २० प्रतिशत बढी हुन्छ । यदि तपाईँ सातामा दुई अण्डा दुईदेखि तीन पटकसम्म खानुहुन्छ भने चिन्ता गर्नु जरुरी छैन ।