• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / स्वास्थ्य
  • २६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चर्को घाममा बाहिर निस्किंदा के गर्ने ? कसरि बच्न घामबाट आज हामी चर्चा गर्ने छौ

  • संदेश पत्र
  • २०८१ जेष्ठ १२, शनिबार (११ महिना अघि)
  • फाईल तस्विर

    गर्मी बढेसँगै लु लगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चर्को गर्मीमा बाहिर ननिस्कनु राम्रो मानिन्छ । तर बाहिर काम हुनेहरूका लागि यो सम्भव हुँदैन । त्यसैले दिउँसो चर्को घाममा घरबाट बाहिर निस्कनु परेमा यी पाँच कुरा ख्याल गर्नुपर्छ ।

    फिक्का रंगको खुकुलो सुतीको कपडा लगाउने

    गर्मीमा फिक्का रङको लुगा लगाउनाले पसिना आउनबाट रोक्छ र चिडचिडापनबाट टाढा राख्छ । गाढा रङका कपडाले भने घामको रापलाई सोस्ने गर्छ, जसले गर्दा अत्यधिक पसिना आउँछ र घमौरा समेत आउँछ । त्यसैले गर्मी मौसममा घाममा निस्कनुअघि हल्का रंगको सुतीको कपडा लगाउनुपर्छ । साथै सुक्खा रुमाल वा वाइप्स पनि साथमा राख्नुपर्छ ।

    सुतीको कपडा नरम र आरामदायक हुन्छ । चर्को घाममा फिक्का रङको खुकुलो सुतीको कपडा लगाउँदा त्यसले सूर्यको किरण रोक्छ र शीतल महसुस गराउँछ । सुतीको कपडाले पसिनालाई पनि सोस्छ र शीतलता प्रदान गर्छ । सुतीको कपडाले हावालाई राम्रोसँग पास हुन दिन्छ, जसले गर्दा कम गर्मी महसुस हुन्छ ।

    चस्मा

    चर्को घाममा चस्मा लगाउनुका धेरै फाइदा छन् । आँखाको सुरक्षा, आँखाको तनाव कम गर्ने, बाहिरी धुवाँधुलोबाट बचाउने, आँखा वरपरको छालाको सुरक्षामा चस्माले सहयोग पुर्‍याउँछ ।
    चस्माले यूबीए र यूबीबी जस्ता सूर्यको हानिकारक किरणहरूलाई पनि रोक्छ । त्यसैले चस्मा किन्दा यस्ता हानिकारक किरणहरू रोक्ने ठूलो फ्रेम भएको किन्नु उपयोगी हुन्छ ।

    छाता वा ह्याट

    ह्याटले टाउको, कान, अनुहार र घाँटीलाई घामबाट जोगाउँछ । गाढा नीलो ह्याटले अनुहार र टाउकोबाट धेरै पराबैजनी किरणहरू प्रतिबिम्बित गर्छ ।

    सेतो वा हल्का रङको छाताले चर्को घामलाई प्रतिविम्बित गर्छ । त्यसैले घामबाट बच्न सेतो छाताको प्रयोग गर्नु बढी फाइदाजनक हुन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले ६ महिनामुनिका शिशुहरूलाई प्रत्यक्ष घामबाट टाढा राख्न सुझाव दिन्छ । यदि बच्चाहरूलाई कडा घाममा राख्नै पर्छ भने पनि उनीहरूलाई छाताको छायामा राख्नु र ह्याट लगाइदिनु राम्रो हुन्छ ।

    सनस्क्रिन क्रिम

    सनस्क्रिनमा रहेका युबी फिल्टरहरूले छालालाई सूर्यबाट आउने हानिकारक यूबीए र यूबीबी किरणबाट जोगाउँछ, जुन छालाको क्यान्सरको मुख्य कारण हो । नियमित रूपमा सनस्क्रिन लगाएर ‘बेसल सेल कार्सिनोमा’ र ‘मेलानोमा’सहित विभिन्न प्रकारका छालाको क्यान्सरको जोखिम कम गर्न सकिन्छ । सनस्क्रिन लगाउनाले सन बर्नबाट बच्न सकिन्छ । सन बर्नले छालाको क्यान्सरको जोखिम पनि बढाउन सक्छ । त्यसैले कडा घाममा बाहिर निस्कनुअघि र तीन-चार घण्टाको फरकमा सनस्क्रिनको प्रयोग गर्नु राम्रो हुन्छ ।

    पानीको बोतल

    चर्को घाममा बाहिर निस्कनुअघि झोलामा पानीको बोतल राख्न बिर्सनु हुँदैन । गर्मीमा समय-समयमा पानी पिउँदा शरीर हाइड्रेटेड रहन्छ र डिहाइड्रेसनको समस्याबाट बच्न सकिन्छ । त्यसैले चर्को घाममा बाहिर निस्कँदा समय-समयमा पानी पिउनुपर्छ । गर्मीमा बाहिर निस्किएपछि अनुहार पसिनाले भिजेको हुन्छ, यस्तो अवस्थामा सुक्खा रुमालले बारम्बार अनुहार सफा गर्नुपर्छ । यदि झोलामा वाइप्स छ भने प्रयोग गर्न सकिन्छ ।

    घामबाट फर्केपछि यी काम गर्ने

    चर्को घामबाट फर्केपछि पनि केही कुरामा ध्यान दिएर शीतलता प्राप्त गर्न सकिन्छ । जस्तो, घर फर्किएपछि लुगा परिवर्तन गर्ने, पंखाको हावामा बस्ने, घामबाट फर्किने बित्तिकै कुनै पनि भारी काम गर्नु हुँदैन । यसबाट टाउको दुख्ने, बेहोस हुने, सन स्ट्रोक जस्ता समस्याबाट बच्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution