गर्मीको बेला छ । के खाँदा जिउलाई शीतल होला, के गर्दा शीतल हुन्छ भनेर हामी शीतल गराउने अनेकौँ खानेकुरा खान्छौँ, नुहाउँछौँ ।आइसक्रिम बच्चादेखि बुढाबुढीसम्म सबैलाई मन पर्छ । आ–आफूलाई मन पर्ने स्वादको आइसक्रिम रमाइ–रमाइ खान्छन् । तर आइसक्रिम खाने बित्तिकै खान नहुने केही चिज छन् । के तपाईँलाई ती खानेकुराबारे थाहा छ ?
आइसक्रिम खाने बित्तिकै चिया, सुप आदि गर्मी गराउने चिज खानु हुन्न । यसो गर्दा घाँटी दुख्ने, पेट दुख्ने, घाटी खस्सखाउने जस्ता समस्याहरू आउन सक्छन् । आइसक्रिम खाने बित्तिकै अमला लगायत अमिलो फल पनि खानु हुँदैन । आइसक्रिम खाने बित्तिकै खान नहुने अर्को खाद्य वस्तु मसालेदार खानेकुरा पनि हो । यसका कारण पेट पोल्ने, अपच, पातलो दिसा लाग्ने जस्ता समस्या निम्तिन सक्छन् ।
आइसक्रिम खानासाथ रक्सी पनि पिउनु हुन्न । रक्सी पिउँदा आइसक्रिममा भएको दूधको पाचन प्रक्रिया सुस्त हुन्छ । जसका कारण पेटमा गडबडी हुन्छ । बान्ता आउने, पातलो दिसा लाग्ने समस्याहरू पनि आउन सक्छ ।