काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले घटेर एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
सारांशसोमबार सुनको मूल्य तीन सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १७१५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १८ हजार ४ सय रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १७ हजार ८ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४७० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।