• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • साँस गनाउने समस्या छ ? हुनसक्छ यस्तो रोगको संकेत,आज हामी यसको घरेलु उपचार विधिको बारेमा जानकारी दिने छौ

  • संदेश पत्र
  • २०८१ बैशाख २९, शनिबार (१२ महिना अघि)
  • फाईल तस्विर

    सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ । गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ ।

    हामी ठान्छौं, यो सामान्य समस्या हो । यद्यपी कतिपय अवस्थामा यो गंभिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा सास गन्हाउने समस्याबारे जान्न आवश्यक छ । विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ भन्छ ।दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ ।

    हुन त दुर्गन्धित स्वास हुनुका कारणहरू थुप्रै छन्, तर त्यी समस्यालाई समाधान गर्ने तरिकाहरू पनि पक्कै थुप्रै छन् ।मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ । त्यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्यान्सर, मधुमेह, स्वास प्रस्वास नलीमा, मृगौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।

    मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ । मृगौलाको समस्याका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्दछ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ , जसका कारण मुखबाट गन्ध आउने गर्छ । जिगाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ ।जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ । शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो । कलेजोले खानालाई पचाउन सहयोग गर्दछ । तर कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ। जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ ।

    कयौ मानिसहरु सास गन्हाउने समस्यालाई सामान्य नै मान्ने गर्दछन् । जबकी फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ। सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा व्याक्टेरिया जम्मा हुन थाल्छ । जसका कारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ । यस्ता समस्याबाट बच्नको लागि यी कुरामा ध्यान दिन जरुरी छ ।

    यदी कसैलाई विहान बेलुकी राम्ररी ब्रस गर्दा पनि मुख गन्हाउने समस्या छ भने मुखको भित्र, गिजा वरिपरि तथा गालातिर ठूलो घाउ छ भने मुखको राम्ररी सरसफाई गर्दा पनि मुख गन्हाउने समस्या भइरहन्छ भने मुखमा रातो, सेतो वा कालो घाउ छ भने दातलाई पाच भागमा बाडेर तल, माथि, दाया बाया तथा दातको टुप्पोमा राम्ररी सफा गरेर पनि फेरी डेन्टल चिकित्सकद्धारा दातको सफाइ गर्दा पनि मुख गन्हाउने समस्या कम नभएमा सबैभन्दा पहिले दात विशेषज्ञका जानु आवश्यक छ ।

    यदी दातको सम्पूर्ण चेकजाचका बाबजुद यदी कसैको मुख अन्य कारणले गन्हाउछ भने दात विशेषज्ञको सुझाव अनुसार फिजिसियनसितको परामर्श आवश्यक छ ।अन्यथा, मुख तथा शरीरका अन्य भागको जटिल समस्या समेत उत्पन्न हुन सक्छ । दात तथा मुखको राम्ररी हेरचाह गरेको खण्डमा मुखको मात्र नभई शरीरमा अन्यसमस्या समेत नआउने हुन्छ ।

    तीमध्येकै केहि सम्भव तरिकाहरू यसप्रकार रहेका छन्:

    सुत्नुभन्दा अगाडि दाँत माझ्ने बानी बसाल्नुहोस् : दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, स्वास गनाउने समस्याको त समाधान हुन्छ त्यसको साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख स्वास गनाउने समस्या कम हुँदै जान्छ।

    दिनमा एकचोटि जीब्रो सफा गर्नुहोस्: विहान उठ्दा स्वास गनाइराखेको छ भने तपाईँको जीब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन् । त्यसैले दाँत माझेपछि नरम ब्रसले जीब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस् । जीब्रो सफा गर्दा बढी बल प्रयोग गर्नुभयो भने, जीब्रोका टेस्ट बड हरूमा क्षति पुगि स्वादको पहिचान गर्न कठिनाइ हुन सक्छ ।

    नुन पानीले मुख कुल्ला गर्नुहोस् : अल्कोहलको मात्रा भएका मुख कुल्ला गर्ने तरल पदार्थहरूले मुखलाई झन् बढी सुक्खा गराउँदछ। त्यसैले मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ।

    त्यसको लागि: १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस्: र त्यस पानीले मुख कुल्ला गर्नुहोस्। त्यसो गरेमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ।औषधी पसलमा अल्कोहल नमिसाइएको माउथवासहरू पनि पाइन्छन्, त्यसको प्रयोग गर्न पनि सक्नुहुन्छ । यसरी मुख कुल्ला गर्दा रातभरी मुखमा जम्मा भएर बसेका ब्याक्टेरियाहरू हट्छन् र स्वास गनाउने समस्यामा कमी हुँदै जान्छ।

    सुत्ने बानीलाई सुधार्नुहोस् : राती सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह्रौँ स्वास फेर्नुपर्ने हुन्छ, जसले गर्दा विहान स्वास गनाउन सक्छ । त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरुरी हुन्छ । त्यसको लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको सट्टा नाकले सास फेर्ने बानी बसाल्नुहोस् ।

    सुत्नुभन्दा अगाडि नाकबाट सास फेर्ने बानी गर्नुहोस् : सुत्नुभन्दा अगाडि एउटा कुरा सम्झिनुहोस्, “नाक सास फेर्नको लागि हो र मुख खानको लागि हो !” केहि दिनसम्म सुत्नुभन्दा पहिले नाकले स्वास फेर्ने अभ्यास गर्नुहोस्, अनि सुत्दा पनि मुख बन्द गर्नुहोस् र नाकले नै स्वास फेर्नुहोस् ।

    सुत्नुभन्दा अगाडि १ गिलास पानी पिउनुहोस् :राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले विहानमा दुर्गन्धित सास निम्त्याउँदछ । त्यसैले दिनमा पनि कम्तीमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी जरुर पिउनुहोस्। १ गिलास दूध पिउँदा पनि दुर्गन्धित सासमा कमी आउँदछ ।

    ताजा फलफूल तथा साजसब्जिहरू खानुहोस् : ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि सास गनाउने समस्यामा कमी हुन्छ । धेरै बोसो तथा चिल्लो भएका खानेकुराहरू नखाँदैमा उचित हुन्छ। त्यसले गर्दा मुखमा किटोन्स नामक रसायन जम्मा हुन्छ, जसले एकदमै दुर्गन्धित सास पैदा गराउँदछ। त्यसैले यस्ता खानेकुराहरू खानुभन्दा पहिले विचार पुर्याउनु जरुरी हुन्छ ।

    लसुन, प्याँज र पीरो खानेकुराहरू नखानुहोस् : सबैलाई थाहा भएकै कुरा हो कि, प्याँज खाएपछि कत्तिको सास गनाउँछ भनेर हुन त प्याँज खानु स्वास्थ्यको लागि राम्रै कुरा हो, तर नराम्रो सासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ। नियमित रूपमा लसुन, प्याँज सेवन गर्ने मानिसहरूको सास मात्रै होइन, पुरै शरीरबाट नै दुर्गन्ध आउने गर्दछ ।

    गुलियो खानेकुरामा कमी गर्नुहोस् : धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केहि कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको श्रोत बन्न जान्छ । त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ। ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा सास गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछ। त्यसैले गुलियो खानेकुराहरू खइसकेपछि पानीले मुख कुल्ला गर्न नबिर्सनुहोला ।

    शुद्ध हलुका र सुपाच्य भोजन गर्ने । जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने । सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन । आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ। खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चपाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ। कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ।

    प्रसस्त पानी पिउनी पीउने, थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ । ‘टङ क्लिनर’ले विहान जिव्रो सफा गर्ने र विहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर विहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ ।

    त्यसबाहेक सुगन्धीत फलहरु जस्तौ ल्वाङ, सुकमेल, अलैची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ। भिटामिन सि र क्याल्सियम बढाउने खाद्य पदार्थको सेवन गर्ने। बढी अपाच्य खानेकुरा नखाने, तारेको पिरो मसलादार र चटपटे बस्तु नखाने । धेरै गुलियो, खाद्य पदार्थबाट टाढै रहने, चिया, कफि, रक्सी, माछा, मासु कम खाने र खाईसकेपछि राम्ररी दाँत जिव्रो सफा गर्ने र पानी पीउने ।

    चिकित्सकको सल्लाह लिनुहोस् : जुनसुकै उपायहरू अपनाउँदा पनि तपाईँको सास गनाउन छोडेन भने त्यो सामान्य अवस्था पक्कै पनि होइन। त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।कम्तीमा पनि वर्षको एकचोटि सबैजनाले दन्त चिकित्सकसँग आफ्नो दाँतको जाँच गराउनु आवश्यक हुन्छ । त्यसो गरेमा तपाईँको दाँतमा तपाईँले थाहा नपाउने गरि आउने समस्याको पनि तुरुन्तै पहिचान हुन्छ र अझ बढी समस्या आउनबाट बच्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution