काठमाडौँ — काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–६ स्थित भुग्देउमा विद्युत् सर्ट आगजनी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबार राति १०:४५ बजे स्थानीय सुदीप ओझाको घरमा विद्युत् सर्ट भई आगजनी हुँदा पूर्ण रूपमा क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
उनका अनुसार शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान २:३० बजे स्थानीय, जनप्रतिनिधिको प्रयासमा निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट पीडित परिवारको २० लाख बराबारको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट पीडित परिवारलाई पालिकाबाट राहत वितरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।