चीनले आगामी नेपाली नागरिकलाई चीन प्रवेश गर्दा भिसा शुल्क नलिने भएकाे छ ।
नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने घाेषणा गरेकाे हाे यद्यपि एक्सप्रेस शुल्क र सेवा शुल्क भने अझै यथावतै रहेकाे छ ।
दुवातावसले हालै जारी गरेकाे सूचना अनुसार एक्सप्रेस २ शुल्क २ हजार ७ सय रुपैयाँ र एक्सप्रेस १ शु्ल्क भने ४ हजार रुपैयाँ लाग्ने जनाएकाे छ । यसअघि चिनियाँ दुतावासले भिसा शुल्कबापत् ३ सय आरएमबी अर्थात ५ हजार ४ सय रुपैयाँ शुल्क लाग्ने गर्दथ्याे ।
हालै नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठकाे चीन भ्रमणकाे बेला उनले नेपालीलाई भिसा निशुल्क हुनुपर्ने माग गरेका थिए । नेपालले २०७२ काे भुकम्पपछि चिनियाँ नागरिकलाई निशुल्क अनअराइभल भिसा उपलब्ध गराउँदै आएकाे छ ।