• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / जीवनशैली
  • २३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • के तपाई पनि गर्भनिरोधक चक्की खानुहुन्छ ? निम्त्याउन सक्छ पाठेघर देखि स्तन क्यान्सर सम्मको जोखिम

  • संदेश पत्र
  • २०८१ बैशाख ५, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । पाठेघरको मुखको क्यान्सर पछिल्लो समय विश्वभर नै महिलाहरूमा गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ । वर्षेनी यसका कारण लाखौं महिलाको ज्यान गइरहेको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सरका बिरामी बढेका छन् । यसबारे सबै महिलाहरूले सावधानी अपनाउनु जरुरी छ ।

    पाठेघरको मुखको क्यान्सर भनेको योनीसँग जोडिएको पाठेघरको हिस्सामा कोषिकाको अनियन्त्रित वृद्धिको हो । यो क्यान्सरको मुख्य कारक ह्युमन प्यापिलोमाभाइरस (एचपीवी)लाई मानिन्छ । यो भाइरस यौन सम्पर्कबाट फैलिन्छ । सामान्यतः हाम्रो प्रतिरक्षा प्रणालीले यो भाइरसलाई नष्ट गरिदिन्छ ।

    तर प्रतिरक्षा क्षमता कमजोर भएका माहिलामा संक्रमण हुने र पाठेघरको क्यान्सर हुन जोखिम धेरै हुन्छ । गर्भनिरोधक चक्कीहरूको अत्यधिक सेवन गर्ने महिलाहरूलाई पाठेघर र स्तन क्यान्सर हुने जोखिम उच्च हुने हालै भएको एउटा अध्ययनले देखाएको छ ।

    गर्भनिरोधक चक्कीले हुन सक्ने क्षतिहरूः

    अवाञ्छित गर्भ रोक्न गर्भनिरोधक चक्कीको सेवन गरिन्छ । तर के यसको सेवनले क्यान्सरको जोखिम निम्त्याउन सक्छ ? अनुसन्धानकर्ताहरूले भर्खरै गरेको एक अध्ययनमा गर्भनिरोधक चक्कीको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाएको पाइएको छ । सानै उमेरदेखि गर्भनिरोधक चक्की सेवन गर्न थाल्ने महिलामा खतरा बढी पाइएको छ । कहिले गर्भनिरोधक चक्की सेवन नगर्ने महिलाको तुलनामा पाँच वर्ष वा सोभन्दा बढी समयसम्म चक्की सेवन गर्ने महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुने अनुसन्धानकर्तहरूले बताएका छन् ।

    स्तन क्यान्सरको पनि बढ्न सक्छ जोखिम

    यी चक्की ५ वर्षसम्म प्रयोग गर्दा पाठेघरको मुखको क्यान्सरको जोखिम १० प्रतिशतले र ५–९ वर्षसम्म प्रयोग गर्दा ६० प्रतिशतले जोखिम बढ्ने अध्ययनले देखाएको छ । अनुसन्धानले यो पनि भनेको छ कि गर्भनिरोधकको प्रयोग रोकियो भने यी जोखिम पनि घटाउन मद्दत मिल्छ ।

    यी औषधिको अत्यधिक सेवन गर्दा पाठेघरको मुखको क्यान्सर बाहेक स्तन क्यान्सरको जोखिम पनि बढ्छ । गर्भनिरोधक चक्कीहरू नखाने महिलाका तुलनामा खाने महिलामा स्तन क्यान्सरको जोखिम सात प्रतिशत बढी देखिएको छ । यस अध्ययनमा अनुसन्धानकर्ताहरूले १ लाख ५० हजार भन्दा धेरै महिलाका डेटा विश्लेषण गरेका थिए । चक्कीको अत्यधिक सेवन गरे यो जोखिम २४ प्रतिशतसम्म बढ्न सक्ने पाइयो ।

    अध्ययनमा के भेटियो ?

    हाम्रो शरीरले प्राकृतिक रूपमा दुईवटा हर्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोन उत्पादन गर्छ । केही क्यान्सर कोशिकाहरूमा यस्ता रिसेप्टर हुन्छन् जसले यिनीहरुलाई बढाउन यिनै हार्मोनको प्रयोग गर्छन् । गर्भनिरोधक चक्कीहरू यी हार्मोनका सिंथेटिक (प्रयोगशाला–निर्मित) रूप हुन् । यी चक्कीहरूले पाठेघरको कोशिकाहरूलाई यसरी बदलिदिन्छ कि एचपीवी संक्रमणप्रति यो झन् धेरै संवेदनशील भइदिन्छ । ५ वर्ष वा त्यो भन्दा बढी समयसम्म गर्भनिरोधक चक्की प्रयोग गर्ने माहिलाको कोशिकाहरू बढी संवेदनशील हुने अध्ययनले देखाएको छ ।

    के भन्छन् स्वास्थ्य विज्ञहरू ?

    दुवै प्रकारको क्यान्सरबाट बच्न सबै महिलाले सावधानी अपनाउनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । एचपीवीको खोप पाठेघरको मुखको क्यान्सर र यसका जटिलताहरूबाट जोगिन मद्दत मिल्न सक्छ । नियमित जाँच र स्वयम् परीक्षणले पनि स्तन क्यान्सर रोक्न मद्दत गर्न सक्छ । क्यान्सर विश्वभरका घातक रोगहरु मध्ये एक हो, यसको समयमै पहिचान भए उपचार गर्न सजिलो हुन्छ र मृत्युको जोखिम पनि कम हुन्छ । गर्भनिरोधक चक्कीको अत्यधिक सेवन गर्भावस्थाका लागि समस्याकारी हुने भएकाले यसबाट बच्न जरुरी रहेको चिकित्सकहरू बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution