• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • २०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • युएईमा राधिकाको रहस्यमय मृत्यु : छतबाट खसेको अवस्थामा भेटियो शव, श्रीमान फरार

  • संदेश पत्र
  • २०८० चैत्र २८, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडाैं । वैदेशिक रोजगारीका क्रममा युएई (दुवई) रहेकी अर्घाखाँचीकी राधिका न्यौपानेको रमस्यमय रुपमा मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा रोजगारीका लागि १३ महिना पहिले पुगेकी अर्घाखाँची पाणिनी–५ मैदानकी राधिका घिमिरे आइतबार मृत्त भेटिएकी हुन् । राधिकाको मृत्युको घटनालाई उनको माइती पक्षका आफन्तले शंकास्पद भनेका छन् । यद्यपि घटनाको विषयमा अजमानको स्थानीय प्रशासनमार्फत अनुसन्धान भइरहेको छ । छतबाट तल खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

    एनआरएनका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार राधिकाको मृत्युपछि श्रीमान टीकापुर–७ कैलालीका नेत्र न्यौपाने फरार छन् । त्यो दिन दुवै जनाले मदिरा सेवन गरेको पाइएको छ । घटना भएको दिन राधिकाको भाइ पनि सहभागी भएका एनआरएनका उपाध्यक्ष ठकुरीले बताएका छन् । राधिका युएईमा ब्युटिपार्लरको काम गदै आएकी थिइन् भने उनका श्रीमान एजेन्टको काम गर्दै आएका थिए ।

    उनीहरू दुवै जनाको युएईमा रेसिडेन्ट कार्ड रहेको थियो । राधिका न्यौपानेको दोस्रो श्रीमती हुन् । राधिकाको शव उनीहरू बस्दै आएको घरबाहिर माथिबाट खसेको र क्षतविक्षत अवस्थामा भएको प्रत्यक्षदर्शीले देखेका थिए । एम्बुलेन्स र प्रहरी आउञ्जेल मृतकका श्रीमान नेत्रप्रसाद सोही स्थानमा तीन पटक आउजाउ गरेको र पछि सम्पर्कविहीन भएको बताइएको छ ।

    स्थानीय प्रशासनले अनुसन्धान जारी रहेको परिवारलाई बताएको युएईमै कार्यरत राधिकाकी कान्छो बुवाकी छोरी सुशीला घिमिरेले बताएकी छन् । शव पोष्टमार्टमका लागि राखिएको छ । घटनास्थलबाट मृतक राधिकाका माइतीतर्फका नाताले भाइ पर्ने थानेश्वर घिमिरेलाई प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे सुरुमा थाहा नभएको जनाएका थानेश्वर पनि घटनास्थलबाट भागेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक राधिका र उनका श्रीमान नेत्रप्रसाद न्यौपानेबीच भनाभन भएको छिमेकीले सुनेको र पछि राधिकाको शव घरको तल छेदविच्छेदको अवस्थामा भेटिएको थियो ।

    नेत्रले मदिरा सेवन गरी राधिकासँग झगडा गरिरहेका थिए । धेरै झगडा हुन लगेपछि आफू बाथरुममा गएर आधा घण्टा बसेको र बाहिर निस्किँदा दिदीलाई नदेखेर खोज्दा दिदीलाई घरको तल भुइँमा देखेको थानेश्वरले बताएका छन् । झगडा हुँदा कुटपिट गरेको र ५ औ तल्लाको बाल्कोनीबाट खसालेको हुन सक्ने परिवारले आशंका गरेका छन् ।

    मृतक राधिकाको परिवारमा बुवा आमा एक दाइ र भाइसहित ९ वर्षकी छोरी छन् । राधिका ईद लगत्तै नेपाल फर्किने तयारीमा थिइन् । छोरीको उपचारका लागि बिदामा नेपाल आउने तयारी गरेकी उनी कहिले नफर्किने गरी यूएईमै अस्ताएकी छन् ।
    राधिकाले चार वर्षअघि नेत्रप्रसादसँग दोस्रो विवाह गरेकी हुन् । पहिलो वैवाहिक सम्बन्धमा समस्या आएपछि कानूनीरूपमा अलग भएकी राधिकाको पहिलो वैवाहिक सम्बन्धबाट एउटी ९ वर्षकी छोरी छन् । उनै छोरीको भविष्यका लागि आयआर्जन गर्ने भनेर दुबई आएकी उनी अजमानमा कामका लागि उतै बस्दै आएकी थिइन् ।

    अजमानमा रहेको ‘द वान एण्ड ओन्ली वान मधु ब्युटी लन्ज फ्रिजोन’ कम्पनीमा ब्युटिसियनको रूपमा कार्यरत घिमिरेले केही समय पहिले आफ्नो श्रीमानलाई पनि यूएई बोलाएर काम खोजीदिएर सँगै बस्न सुरू गरेका थिए । मृतक राधिकाले आफ्नै माइती गाउँका नाताले भाइ पर्ने थानेश्वर घिमिरेलाई समेत काम खोजेर केही दिन पहिला यूएई बोलाएकी थिइन् । उनीहरू ३ जना एकै ठाउँ बस्दै आएका थिए ।

    राधिकाले आफूलाई श्रीमानले चिट गरेको कुरा बताउँदै आएकी थिइन् । नेत्रले दोस्रो श्रीमतीको रूपमा राधिकालाई भित्र्याएको भनेपछि आफू तेस्रो भएको थाहा पाएपछि आफूलाई किन झूट बोलेको भन्ने विषयमा विवाद भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । सोही विवादले उग्ररूप लिँदा घटना घटेको हुन सक्ने परिवारको आशंका छ । घटनालगत्तै श्रीमान नेत्रप्रसाद सम्पर्कविहीन हुनुले शंका बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution