”प्रिय धुर्मुश, तिमिलाई यो राज्यले अहिले एक्लो बनाएको छ। देशमै भएर पनि राज्यबिहिन जस्तो बनाएको छ। तिम्रो सर्वप्रिय थेगो थियो ”म त मर्छु कि क्या हो”। हो धुर्मुश तिमिलाई यो राज्यले जिउदै मारेको छ।”
……………………
गाउँमा सबैका घरमा टिभी थिएन। एन्टेना घुमाएसि टिभीमा नेपाल टेलिभिजन आउथ्यो। अनि हेरिन्थ्यो ‘ए मेरी बास्सै’ । पलेटी कसेर काँचको पर्दामा तिमिलाई हेर्दा प्रिय धुर्मुश घरि पेटमिचेर हसाउथ्येो। घरि हाँस्दा हाँस्दै रुवाउथ्यो।
एउटै सिरियलमा तिमि धुर्मुश मात्र बनेनेो। कहिले खड्का जी बन्येो, कहिले मुस्कान पासा बन्येो। जे जे बन्येो सबै पात्रहरु लोकप्रिय बनायेो।
थरि थरिका पात्र बन्न सक्ने तिमि त भगवानले दिएको कलाको उपहार नै थियेो।
मलाई लागेको थियो नेपालमा दोश्रो हरिबंश जन्मियो।
त्यस ताका तिम्रो व्यस्तता यति बढ्यो कि तिमि संसारभर पुग्येो। तिम्रो हृदय कोमल छ धुर्मुश, त्यहि मनलाई काबुमा राख्न नसकेर २०७२ सालको भुकम्प पछि कलाकारिता चटक्कै छाडेर उद्धार र पुनर्निर्माणमा खटियेो।
जनताले गास कटाएर भएपनि निरन्तर सहयोग गरे। तिमिले सिन्धुपाल्चोकको गिरानचेोर, बर्दिवासको मुसहर बस्ती हुदै रेोतहटको सन्तपुर स्थित एकिकृत नमुना बस्तीसम्म एकल पहलमा जनतासंग हात जोडेर चन्दा जम्मा गरेकै भरमा निर्माण गर्येो।
देशमा क्रिकेट खेलाडीले चमात्कार देखाईरहेको बेला थियो। तर नेपालमा एउटा क्रिकेट रंगशाला थिएन। तिमिलाई लाग्यो देश चिनाउने क्रिकेट खेलाडीका लागि जनस्तरबाटै एउटा रंगशाला खडा गरु।
र पुग्येो चितवन।
रकम जुट्दै गयो, निर्माण कार्य तिब्र गतिमा जारी रह्यो। जब एक्कासि निर्माण स्थलमा स्थानियले डोजर चलाए, त्यसै बेला मैले भनेको थिए प्रिय धुर्मुश तिमिले यो सक्दैनेो। तिमि फर्क। तिम्रै धर्म पत्नि सुन्तलीले पनि धेरै पटक अब हात उठाउ भनेकै थिईन।
र पनि देश बनाउने हुटहुटीले तिमिलाई छाडेन। तिमिले रंगशाला छाडेनेो। एक्कासी कोरोना आयो। लकडाउन सुरु भयो। दाताहरुबाट रकम आउन छाड्यो। उधारोमा ल्याएको सामानको भुक्तानी तिर्न तिमिसंग पैसा भएन। कबुल गरिएका रकम सरकारी निकायबाट समेत रोकियो। रंगशाला बिचैमा अलपत्र पर्न गयो। तिमिलाई अहिले लाग्ने गरेको आरोप भनेकै रंगशाला अलपत्र पार्यो भन्ने नै छ।
निर्माण सम्पन्न भएको भए राज्यको रंगशाला हुन्थ्यो,
रकम अभावले काम रोकिएपछि धुर्मुशले अलपत्र पारेको रंगशाला भन्ने परेको छ।
तिर्न उधारो करिब १८ करोड छ। कबुल गरिएका रकम पनि उत्ति नै छ। दिदैनन कसैले। भासियेो ऋणको खाडलमा।
तिमि त झापाको एउटा गाउँबाट चामलको बोरा बोकेर कलाकार बन्न काठमाडौं छारेको गरिबको छोरा थियेो। अर्बपतिको सन्तान हुदो त सायद अहिलेको ऋण पनि बरु एकै पटक तिरिदिएर यो बोझबाट मुक्त हुन्थ्येो होला।
प्रिय धुर्मुश, तिमिलाई यो राज्यले अहिले एक्लो बनाएको छ। देशमै भएर पनि राज्यबिहिन जस्तो बनाएको छ। तिम्रो सर्वप्रिय थेगो थियो ”म त मर्छु कि क्या हो”। हो धुर्मुश तिमिलाई यो राज्यले जिउदै मारेको छ। यो समय तिमिले आफुलाई सम्हानु पर्छ। हरेश खानु हुदैन। तिमिलाई ठग भन्नेहरुलाई जवाफ दिने समय आउनेछ।
सम्झ त भरतपुर एयरपोर्टबाट माला र अबिरले पुरिएर रंगशाला निर्माण स्थलसम्म पुगेको त्यो दिन।
हामीलाई थाहा छ, रंगशाला यत्तिकै खेल खेल्न मिल्ने गरि ठडिएको छैन। बृद्धबृद्धा आमाबुवाले गाँस काटेर भत्ता समेत ल्याएर तिमिलाई दिए। त्यो पैसाले तिमिले ईटा ईटा जोडेर अहिलेको बिशाल संरचना बनायेो।
तर तिमि त अभागी रहेछेो धुर्मुश, त्यहि संरचनामा प्रधानमन्त्री आएर राष्ट्रव्यापी खेलकुदको कार्यक्रम उदघाटन गरे। तिमिलाई कसैले सम्झिएनन। सम्झिएनन भनेर मन नदुखाउ, तिमिले गरेको सत्कर्म भगवानले देखेका छन्। देख्नेछन्। यो समय तिमिले आफुलाई खराब भन्दा खराब परिस्थितिका लागि पनि तयार राख्ने समय छ। बिचलित नहुनु, सबै विस्तारै ठिक हुनेछ।