• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • २४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • श्रम स्वीकृतिको काम एक घण्टामै

  • संदेश पत्र
  • २०८० चैत्र २६, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि एक घण्टाभित्र नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको काठमाडांैको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

    आइतबार ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको बताएका हुन् ।

    मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युत्को आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको बताए । नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको बताउँदै मन्त्री अर्यालले यसका लागि कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए ।

    सबै कर्मचारीको मेहनतले नै भएको भन्दै उनले यो क्रमलाई कर्मचारीले आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा आफूले गरेको बताए । यसअघि श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए ।

    ‘हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर, चर्को मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन÷चार दिन लगाएर अल्झाउने काम कुनै पनि हालतमा स्वीकार्य छैन । श्रमिक कुनै पनि बहानामा ठगिनुहुँदैन । त्यसैले, मेरो पहिलो एजेन्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो’ उनले भने ।

    श्रम स्वीकृति पूर्णरूपमा निःशुल्क हो । श्रमिकले आप्mनै मोबाइल वा कम्पप्युटरबाट अनलाइन आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्नेछन् । यसका लागि कार्यालय धाइरहनु नपर्ने मन्त्री अर्यालले बताए । सकिन्छ भने आप्mनै मोबाइल वा कम्प्युटरबाट आवेदन दिन आग्रह गर्दै उनले आवेदन दिने प्रक्रिया पनि विभागको वेभसाइटमा राखिएको बताए ।

    एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार कार्यालयले हाल पुनः श्रम स्वीकृतिलाई एउटै तहबाट स्वीकृति प्रदान गर्न थालेको छ । यसअघिको व्यवस्थाअनुसार एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो । हाल वैदेशिक रोजगार व्यवस्थापन सेवाप्रवाह कार्यविधि–२०७९ संशोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसले श्रम स्वीकृतिको प्रक्रिया निक्कै सहज बनाएको श्रममन्त्री अर्यालले बताए ।

    फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रूपमा राखिएको छ । यसका साथै कर्मचारीले दुईवटा सिफट्मा परिचालन गरिएको छ । बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफट्मा काम गर्दै आएका छन् । त्यस्तै, सार्वजनिक बिदा र शनिबारका दिन पनि कर्मचारीलाई परिचालन गरिएको छ । तर, आगामी दिनमा भने कर्मचारीलाई एकै सिफट्मा कार्यालय समयमा मात्रै काम हुनेगरी सुधार गरिने मन्त्री अर्यालले बताए । ‘केही समयमा लागि कर्मचारीलाई सिफट्मा काम गर्न लगाइएको हो । तर, आगामी दिनमा एकै सिफट्मा कार्यालय समयमा मात्रै काम हुनेगरी सुधार गर्नेछांै,’ उनले भने ।

    पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिने दाबी गरे । उनले पहिलोपटक यो प्रयास सुरुवात भएको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए । यसअघि वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था थियो । अब श्रम स्वीकृतिका लागि दुःख आउनुपर्ने अवस्थाको अन्त्य भएको दाबी गर्दै उनले आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने बताए ।

    वैदेशिक रोजगार कार्यालयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकेको छ । काठमाडांै कार्यालयबाट बाहेक देशका ६ वटै प्रदेशबाट नयाँ कम्तीमा ५० र पुनः श्रम स्वीकृति सयवटा टोकनको व्यवस्था गरिएको छ । पहिले कार्यालयले चाहे जति मात्र टोकन पाउने व्यवस्था थियो ।

    श्रम स्वीकृतिका लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौतापत्र पेस गर्नुपर्नेछ । त्यस्तै, श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ ।

    श्रमिकलाई सहज रूपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) सञ्चालनमा ल्याएको हो । अहिले दैनिक औसत १ हजार ६ सय जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution