वैवाहिक जीवनपछि महिला पुरुषको सबैभन्दा गोप्य तथा अन्तरंग सम्बन्धका लागि बेडरुम उपयुक्त स्थान हुने गर्दछ ।वैवाहिक जीवनपछि तपाईंले आफ्नो बेडरुममा राख्ने सामाग्रीका विषयमा ध्यान दिनुपर्ने हुन्छ । त्यसो नगरेको खण्डमा बेडरुममा राख्ने सामाग्रीले समेत श्रीमान–श्रीमतीको सम्बन्धमा दरार पैदा गर्न सक्छ ।
१. भगवानका तस्विर
वास्तुशास्त्रका अनुसार विवाहित जोडीले बेडरुममा भगवानको तस्विर राख्नु उत्तम हुँदैन । यसले श्रीमान्–श्रीमती बिचको सम्बन्धमा दरार उत्पन्न गर्छ । भगवानका तस्विरलाई सकेसम्म छुट्टै कोठामा राख्नु उत्तम हुन्छ । सम्भव नभए पनि बेडरुममा भगवानको तस्विर राख्नु हुँदैन
२. विद्युतीय सामाग्री
विवाहित जोडीको कोठामा कुनै पनि विद्युतीय सामाग्री राख्नु हुँदैन । कोठामा भएका कम्प्युटर, टिभीलगायत विद्युतीय उपकरण नै श्रीमान्–श्रीमती बिच सम्बन्ध बिर्गाने प्रमुख कारक बन्न जान्छ । आजको समयमा सूचनाको पहुँचमा रहने नाममा बोकिने मोबाइलको अधिक प्रयोग दम्पत्तीको सम्बन्धमा फाटो ल्याउने कारण बन्ने छ ।
३. जुत्ता–चप्पल
वास्तुशास्त्रका अनुसार बेड रुममा जुत्ता, चप्पल राख्नु हुँदैन । बेडरुममा जुत्ता, चप्पल तथा अन्य अनावश्यक चिज राख्दा श्रीमान–श्रीमतीबीच मनमुटाव हुने वास्तुशास्त्रले बताउँछ । पाउँमा लगाएर भुईमा टेकिने जुत्ता, चप्पलले बेडरुममा नकरात्मक शक्ति र त्यसको प्रभाव बढाउने गर्दछ ।
४. यी तस्विर नराख्नु
दम्पत्ती जोडीको अन्तरंग सम्बन्ध हुने र पूर्णतः विश्राम गर्ने स्थान हो बेडरुम । त्यसैले बेडरुममा कुनै पनि हिंसा प्रेरित तस्बिर, कुनै हिंस्रक जीव वा मारकाट भएको तस्विर राख्नुहुँदैन । बेडरुममा मनलाई शान्त बनाउने हिमाल, झरना, जोडी पक्षीलगायतको तस्विर राख्दा उत्तम हुन्छ ।
५. दुईवटा बेड खतरनाक
वैवाहिक जोडीको बेडरुममा सधैँ एउटा मात्रै बेड अर्थात सुत्ने ओछ्यान (पलङ/खाट) हुन जरुरी छ । बेडरुममा दुईवटा बेड भएमा साधारण कुरामा बहस हुँदा पनि घुर्काउने नाममा अर्काे बेड जाने र बिस्तारै त्यही गतिविधि मनमुटावको कारण बन्न सक्छ । अझ एउटै डसना र सिरक हुनुपर्दछ । मानिस सानो कुरामा पनि चिढिने र आफ्नो अपेक्षाअनुसार नभए रिसाउँने, झर्किने स्वभावको भएकाले उसलाई फकाउन सिंगल बेड नै सहज हुन्छ ।