यस्तो विकिरणबाट हामीले आफ्नो स्किनलाई जोगाउन सकेनौँ भने चाया–पोतोको समस्याले सताउँछ । पुरुषको दाँजोमा विशेषगरी महिलाहरूमा चाया–पोतोको समस्या धेरै देखिने गरेको छ । हर्मोनल कारणले पनि चाया–पोतो देखिन्छ । महिनावारी हुन नदिने, गर्भ रोक्नेलगायत औषधि खाँदा गडबडी भएर यस्तो हुन सक्छ ।
किन आउँछ चायाँ पोतो ?
पेटसम्बन्धी रोग भएमा,
अनिन्द्राको समस्यामा भएमा,
घाममा बढी बस्ने व्यक्तिमा,
कलेजो सम्बन्धी रोग लागेमा,
पानी कम पिउने बानी भएमा,
गुणस्तरहीन सौन्दर्य सामाग्री प्रयोग गरेमा,
इलेक्ट्रिकल उज्यालोमा धेरै समयमा बसेमा,
अस्वस्थकर खाना खानाले ।
कसर हटाउने चायापोतो ?
चर्को घाममा नहिड्ने,
पेट सम्बन्धी रोग भएमा समयमै स्वास्थ्यउपचार गर्ने,
पानी प्रशस्त पीउने,
अनुहारमा डण्डीफोर आएमा नकोट्याउने,
जथाभावी रुपमा सौन्दर्यका सामाग्री प्रयोग नगर्ने,
जंक फुड नखाने,
घाममा निस्कनै परेमा चिकित्सकको सल्लाहमा सन्स क्रिम लगाएर मात्रै निस्कने
चायाँ–पोतोको अवस्था हेरेर यसको उपचार गरिन्छ । क्रिमबाट पनि चायाँ–पोतोपोतोको उपचार गर्न सकिन्छ । त्यस्तै, खाने औषधिहरूको सेवनबाट पनि यसको उपचार गरिन्छ । यसबाहेक ‘केमिकल पिल’,‘लेजर सर्जरी’, ‘माइक्रोडर्मानसन’ पद्धतिबाट समेत चायाँ–पोतोको उपचार हुन्छ । तर, बजारमा पाइने क्रिमहरूले छिटै चायाँ–पोतो जान्छ भनेर भ्रामक विज्ञापनहरू पनि आउने गरेकै छन् । सामाजिक सञ्जालमा पनि यसको चर्चा–परिचर्चा हुने गरेको पाइन्छ ।‘स्क्रब’ गरेर चायाँ–पोतो जाँदैन ।
बजारमा पाइने क्रिम जुन चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना पाइन्छ, त्यसमा ‘स्टेरोइड’ भन्ने रसायन मिसाइएको हुन्छ । यसको प्रयोग गर्दा दुई सातामा चाया“–पोतो गएजस्तो भएपनि त्यसले छालालाई पातलो बनाउँदै रौं आउने जस्तो समस्या देखा पर्न सक्छ ।
उपचार गर्दा विशेषगरी ‘स्क्रिन’ को ‘ब्लुलाइट ¥याडिसन’ मा ध्यान दिनुपर्छ । उपयुक्त मात्रामा आफ्नो ‘स्किन टाइप’ हेर्नुपर्छ । घाममा हिँड्दा ‘सनक्रिम’ लगाउनुपर्छ । मुख छोपिनेटोपी, छाता ओढेर तथा चस्मा घरबाहिर निस्कनुपर्छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु जरुरी हुन्छ । ‘मेलालिन पिगमेन्ट’ घामका कारण सक्रिय हुने भएकाले जोगिनुपर्छ ।