• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • १९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पशुपति आर्यघाटमा दागबत्ती दिए, काजक्रिया गर्न नपाउँदै परिवारका ६ सदस्य त्रिशूलीमा बिलाए

  • संदेश पत्र
  • २०८० चैत्र १८, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    गोरख : पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुँदै थियो। मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए। सबैको चेहरा जमिनमुखी थियो। केही प्रौढ महिलाहरू मृतकको घर गोरखा नगरपालिका— ७ पौवाखेतमा भेला भएका थिए। उनीहरू मृतक ३९ वर्षका शंकर रोकाकी श्रीमती बबिता रोकाको वरिपरि बसिरहेका थिए। कोही कसैसँग बोल्ने अवस्थामा थिएनन्। हेर्दा १५, १६ जना महिलाहरू त्यहाँ देखिन्थे, तर कोही कसैसँग नबोल्दा सन्नाटा छाएको थियो। कसैको नजर कसैसँग जुधिरहेको थिएन। मौनतामा कोही जमिनतिर, कोही आकाशतिर, कोही बेपर्बाह यताउति नजर डुलाइरहेका देखिन्थे।

    लाग्थ्यो, उनीहरूको पीडामा आकाश पनि रोएको छ। सिमसिम पानी परिरहेको छ। बादल धुम्म छ। बिहान ५ बजे काठमाडौंबाट ट्याक्सीमा गोरखा आइरहेका एकै परिवारका ६ जना त्रिशूलीमा खसेको खबर सुनेदेखि झर्न थालेको आँसु दिनभर बगेर सकिएझै देखिन्थ्यो। परिवारको पाँचै जनाको मृत्युपछि जीवित सदस्य शंकरकै समउमेरकी बबितामात्र थिइन्। उनको साथ र सहयोगमा बसेका सबैको आँसु सुकेर थाकेका मुहार उदास थियो, ओठ कलेँटी परेको। कपाल रातो मजेत्रोले बेरे पनि पहिरनमा कसैको ध्यान थिएन।

    ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु र एकजना बेपत्ता भएपछि पौवाखेत असीम पीडाको दहमा डुबेको छ।एक वर्षदेखि क्यान्सरबाट ग्रसित भएका गोरखा नगरपालिका— ७ पौवाखेतका ३९ वर्षका शंकर रोकाको शुक्रबार साँझ काठमाडौंको अस्पतालमा मृत्यु भयो। आर्यघाटमा दाहसंस्कार गर्न उनका छरछिमेक माइक्रो रिजर्भ गरेर शुक्रबार साँझतिरै काठमाडौंका लागि हिँडे। दाहसंस्कार गरेर फर्कने क्रममा बा २ ज ४१९६ नम्बरको ट्याक्सी पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूलीमा खस्दा त्यसमा सवार मृतकका एकाघरका पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन्।

    मृतक शंकरकी आमा ७० वर्षकी जूनकीरी रोका, उनकी छोरी गोरखा नगरपालिका—४ की हरिमाया रोका (उपरकोटी), नाति ८ वर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका— ७ बतासेका अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भयो। बुवा शंकरलाई दागबत्ती दिएर फर्केका छोरा १८ वर्षका विवश रोका त्रिशूलीमा बेपत्ता भएको आफन्त विष्णु मग्रातीले जानकारी दिए।शंकरका बुवा दिलबहादुर रोकाको यसअघि नै मृत्यु भइसकेकाले अब सो परिवारमा बबिता मात्र बाँकी रहेकी उनले बताए।

    त्रिशूलीमा खसेपछि चालकले फोनमा भने, ‘दाइ, डुब्न लागें, बचाउनुस्’ शंकरलाई व्यथाले सिकिस्त पार्दै गएको खबर पाएपछि मृतकका आमा, दिदीबहिनीहरू अघिल्लो दिन बिहीबारै काठमाडौं पुगेका थिए। छोरा विवश र श्रीमती पहिल्यैदेखि उनको सेवा सुश्रुषमा थिए। शुक्रबार साँझ उनको मृत्युको खबर पाएपछि छरछिमेकहरू पनि दाहसंस्कारका लागि माइक्रो रिजर्भ गरी राति १२ बजे काठमाडौं पुगे। दाहसंस्कार सकी बिहान ३ बजे दुईवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौंबाट गोरखाका लागि हिँडे।

    एकाघरका ६ जना सवार एउटा ट्याक्सी अर्जुन सिर्मलले चलाएका थिए, अर्को प्रकाश रोकाले। अर्जुन मृतक शंकरका ज्वाइँ हुन्। प्रकाशचाहिँ अर्जुनका जेठान हुन्। ‘मेरो ट्याक्सीमा ज्वाइँ (अर्जुन)को बूढी, भाञ्जी, भाइको छोरी र क्यान्सर लागेर बित्ने दाइको बूढी हुनुहुन्थ्यो,’ प्रकाशले भने, ‘ज्वाइँ (अर्जुन)ले चलाउनुभएको ट्याक्सीमा क्यान्सरबाट बित्नुभएका दाइको आमा, छोरा, जेठीदिदी, भाञ्जा, माइला ज्वाइँ र कान्छी बहिनी चढ्नु भएको थियो।’ बिहान ४ बजे सबै चरौंदी आइपुगेर सँगै चिया नास्ता गरेको उनले बताए।

    ‘त्यहाँबाट म उछिनेर अगाडि लागेँ। बाटोमा अर्जुन ज्वाइँले फोन गरेर बाबुलाई खुवाउन स्याउ किन्नुप¥यो, मुग्लिनमा एकछिन गाडी रोक्नु है भन्नुभयो,’ प्रकाशले भने। प्रकाश मुग्लिन आएर पर्खिरहे। छरछिमेक, आफन्तहरू चढेको माइक्रो आयो र उछिनेर गयो। तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन। ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाइँलाई दुई पटकसम्म फोन गरे तर उठेन’, प्रकाशले भने, ‘पछि उतैबाट फोन आयो। फोन उठाउँदा एक्कासि दाइ म डुब्न लागे मलाई बचाउनुहोस् भन्दै अत्तालिँदै बोल्नुभयो।’ बिहान ५ बजेर ६ मिनेट जाँदा फोन आएको उनले बताए।

    लोकेसन भन्नुस् भन्दै प्रकाशले बारम्बार सोधिरहे। तर उताबाट ‘म डुब्न लागे बचाउनुस्’ भन्ने उही वाक्य मात्र दोहोरिरह्यो। आवाज सानो हुँदै गयो। त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटार फर्किए।

    त्यसपछि उनले माइक्रोमा रहेका आफन्तलाई फोन गरे, त्यतिबेला माइक्रो गोरखा नगरपालिका १३ मझुवा कटिसकेको थियो। ‘माइक्रोले उहाँहरूलाई मझिमटारमा ओभरटेक गरेको भन्ने थाहा पाएँ। त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सीधै मझिमटार गयौं’ प्रकाशले भने, ‘माइक्रो पनि फर्कियो। मझिमटारबाट खोज्दै कुरिनटारसम्म आयौं, तर कहीँ कतै भेटिएन।’ नभेटिएपछि प्रहरीलाई खबर गरे। उनीहरू कुरिनटारमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गरे। प्रहरीको खोजतलासबाट बिहान ७ बजे ट्याक्सी दुर्घटना भएको पत्ता लागेको थियो।

    दुर्घटनामा परेर मृत्यु भएका पाँचै जनाको शव शनिबार गोरखा अस्पताल ल्याएर पोस्टमार्टम गरिएको छ। एकजनाको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रमेश श्रेष्ठले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution