काठमाडौँ । भाइको सट्टामा एसइई परीक्षा दिने दाइ पक्राउ परेका छन् । दैलेखको त्रिभुवन माध्यामिक विद्यालयमा भाइको सट्टामा परीक्षा दिने दाइ पक्राउ परेका हुन् ।चैत १५ गते (आज)देखि सुरु भएको एसइईको अँग्रेजी विषयको परीक्षामा भाइको सट्टामा परीक्षा दिएको पाइएपछि दाइ पक्राउ परेका हुन् । नक्कली परीक्षार्थी हो भन्ने थाहा पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
पक्राउ परेका व्यक्ति महाबु गाउँपालिका गैडाबाज माध्यामिक विद्यालय, रानीवनमा अध्ययनरत विद्यार्थीका भाइ रहेको बुझिएको छ । उनी नायारण नगरपालिका–१ स्थित त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेका छन् । नक्कली परीक्षार्थीबारे थप विवरण भने आउन बाँकी छ ।