• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • १८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुको लागि खुसीको खबर अब अब एक घण्टा मै जारी हुनेछ श्रम स्वीकृति

  • संदेश पत्र
  • २०८० चैत्र १५, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले एक घण्टा भित्र श्रम स्वीकृति दिने व्यवस्था अबको एक दुई दिन मै सुरु हुने जनाएको छ। कार्यालय प्रमुख दिपक राज नेपालका अनुसार सम्पूर्ण तयारी पुरा हुने चरणमा रहेकोले अबको एक दुई दिन भित्रमा नै एक घण्टामा श्रम स्वीकृति जारी गरिने व्यवस्था सुरु हुनेछ।

    एक घण्टा भित्र श्रम स्वीकृति दिने व्यवस्थाको लागि कार्यालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गर्नु पर्ने जनाएको थियो । सोहि अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कार्यविधिको केहि प्रावधान संशोधन गरिसकेकोकार्यालयका प्रमुख दिपक राज नेपालले जानकारी दिएका छन् ।

    उनका अनुसार अब अन्तिम चरणका केही प्राविधिक कार्य मात्र बाँकि छन् । त्यसको लागि कर्मचारीहरुले २ सिफ्टमा गरेर काम गरिरहेको बताए । बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि रातको ९ बजेसम्म दोस्रो सिफ्टमा कर्मचारीहरुले काम गरिरहेको उनले उल्लेख गरे । छिटो भन्दा छिटो एक घण्टा मै श्रम स्वीकृति जारी गर्ने कार्य सुरु गर्नको लागि गत साता देखि नै दुई सिफ्टमा काम थालिएको उनले जानकारी दिए ।

    दुई सिफ्टमा काम गरे पनि नयाँ कर्मचारी भने थप नगरिएको उनको भनाई छ । कार्यालयमा शाखा अधिकृत, नायब सुब्बा र कम्प्युटर अपरेटर गरेर ४० जना कर्मचारी रहेका छन् । जसमध्ये १० जना अधिकृत र बाँकि ३० जना सुब्बा तथा कम्प्युटर अपरेटर छन् । अफिसको काम गर्ने मुख्य कर्मचारी यिनै हुन् । अधिकृत माथि निर्देशकहरु रहे पनि श्रम स्वीकृति प्रकृयामा काम गर्ने भनेको मूख्य रुपमा अधिकृत, सुब्बा र कम्प्युटर अपरेटर हुन् ।

    यस अघि श्रम स्वीकृति प्रदान गर्न करिब १० जना कर्मचारीलाई मात्र अख्तियारी थियो । अब भने २६ कर्मचारीले श्रम स्वीकृति प्रदान गर्ने अख्तियारी पाएका छन् । यस संगै श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाले गति लिने विश्वास गरिएको छ । त्यस्तै अब श्रम स्वीकृति लिने प्रक्रियामा रहेको एउटा चरण हटाईने छ । यस अघि पहिलो चरणमा टोकन लिने र कागजात भेरिफाई गर्ने र दोस्रो चरणमा श्रम स्वीकृति लिने व्यवस्था थियो । अब एकै कर्मचारीले यी सब कार्य गरेर श्रम स्वीकृति जारी गर्ने छन् ।

    श्रम स्वीकृति प्रक्रिया छिटो बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका सफ्टवेयरको हुन्छ । हाल वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को प्रयोग गरिरहेको छ । यो सिस्टममा बेला बेला समस्यमा आउने गरेको छ । श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री डीपी अर्यालले यसबारे चासो समेत राखेका छन् । उनले यो सिस्टमलाई समस्या नआउने बनाउन निर्देशन दिएका छन् । उनले सिस्टममा समस्या नआउने बनाउन भेण्डर देखि प्रविधिक टिमसँग पनि छलफल गरिसकेका छन् ।

    अहिले पनि फेमिस पूर्ण रुपमा समस्य नआउने अवस्थामा छैन । पिक आवरमा फेमिस स्लो हुने गरेको विभागका कर्मचारीहरुले बताउँदै आएका छन् । फेमिस स्लो हुने अवस्थाले गर्दा नै श्रम स्वीकृति प्रकृया नरोकियोस् भनेर कार्यालयले २ सिफ्टमा श्रम स्वीकृति दिने कार्यालय प्रमुख नेपालले बताए । उनका अनुसार फेमिस स्लो हुने समय भनेको बिहान १० देखि दिउँसो ५ बजेसम्म हो । त्यसलाई छल्न बिहान ७ बजेदेखि नै स्वीकृतिको काम सुरु हुने र राति ९ बजेसम्म काम हुने उनको भनाई छ ।

    यसैगरी, अहिले टोकन लिनेहरुको संख्या अनलिमिटेड गरिएको छ । अर्थात अहिले जतिले पनि टोकन लिन सक्छन् । पहिला भने दिनमा ८ सय जनाले टोकन लिने पाउने व्यवस्था थियो । अनलाईनबाट फर्म भरेको ३ दिनपछि मात्र टोकन पाउने व्यवस्था थियो । र टोकन पाएको ३ दिनपछि मात्र श्रम स्वीकृतिको पालो आउँथ्यो । अर्थात फर्म भरेर कागजातमा कुनै त्रुटी नभएको खण्डमा पनि ६ दिनपछि मात्र श्रम स्वीकृति प्रदान हुन्थ्यो । तर, अब भने श्रमिकले फर्म भरेर समिट गरेको समय देखि १ घण्टामा नै स्वीकृति पाउँछन् । त्यसको म्यासेज मोबाईलमा नै आउँछ ।

    अर्थात अब कुनै श्रमिकले श्रम स्वीकृतिका लागि रातको ८ बजे अनलाईनबाट फर्म भर्यो भने उसले भरेको फर्ममा कुनै त्रुटी नभएको खण्डमा र फेमिस सफ्टवेयरमा कुनै समस्या नआएको खण्डमा एक घण्टा अर्थात रातको ९ बजेसम्म श्रम स्वीकृति जारी हुन्छ ।
    मन्त्री अर्यालले चैत ४ गते एक घण्टामा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution